संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सभामुखको जोड « Khabarhub

संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सभामुखको जोड


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निजामती सेवा ऐन संसोधन, प्रहरी परिचालन सम्बन्धी ऐन र शिक्षा सम्बन्धी ऐन पारित गर्न सकिएमा सङ्घीयता कार्यान्वयनमा सहजता आउने बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरू निर्माण गर्न नसकिँदा संवैधानिक समस्याहरू देखिने गरेको धारणा पनि राखे ।

सङ्घीय संसद्को वर्षे अधिवेशनमा नै धेरै उपलब्धिमूलक कामहरू भएपनि संविधान कार्यान्वयनका लागि चाहिने कानूनहरू निर्माण हुन नसकेको उनले बताए । 

उनले संविधान संसोधन गर्ने थलो संसद् नै भएकाले यसको विधि, प्रक्रिया, विषयबारे संसद्‌मा छलफल गरेर समिति बनाउन सकिने जानकारी दिए ।

त्यस्तै सभामुख घिमिरेले वर्षे अधिवेशनमा उपसभामुखको आचरण बारे सांसदहरुले कुरो उठाएको भएपनि यस बारे छलफल नभई संसद् अधिवेशन अन्त्य भएकाले आगामी अधिवेशनमा छलफल हुन सक्ने बताए ।

 

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १२ : ३८ बजे

कङ्गोमा इबोला सङ्क्रमण तिव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको

राष्ट्रियसभामा बाढीपहिरोले अवरुद्ध राजमार्ग सञ्चालन गर्न सरकारसँग माग

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसुनका कारण बाढीपहिरोबाट अवरुद्ध

शिक्षक महासङ्घको काठमाडौं जिल्ला समिति विस्तार

काठमाडौं– नेपाल शिक्षक महासङ्घले पहिलो पटक जिल्ला समिति काठमाडौं गठन

सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

राष्ट्रियसभाको बैठक : चार महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने

 काठमाडौं – सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। आजको बैठकमा