रुसी गस्ती विमानद्वारा हवाई क्षेत्र उल्लङ्घनको जापानले गर्‍यो विरोध « Khabarhub

रुसी गस्ती विमानद्वारा हवाई क्षेत्र उल्लङ्घनको जापानले गर्‍यो विरोध


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एउटा रुसी गस्ती विमानले तीन पटक जापानको हवाई क्षेत्रमा प्रवेश गरेपछि जापानले मस्कोसँग ‘अत्यन्त गम्भीर विरोध’ दर्ता गरेको रक्षामन्त्रीले सोमबार बताएका छन् । उनले यसलाई सन् २०१९ यताको पहिलो पुष्टि गरिएको अतिक्रमण भने ।

सेनाले लडाकू विमानहरू उडाएर र रेडियो तथा फ्लेयर चेतावनीहरू जारी गरेर प्रतित्रिया दिएको रक्षामन्त्री मिनोरु किहाराले पत्रकारहरूलाई बताए ।

‘एउटा रुसी आइएल–३८ गस्ती विमानले होक्काइडोको रेबुन द्वीपको उत्तरमा हाम्रो क्षेत्रीय पानीमाथिको हाम्रो हवाई क्षेत्रलाई तीन पटक उल्लङ्घन गरेको हामीले आज पुष्टि गर्यौँ’, उनले भने, ‘हवाई क्षेत्रको उल्लङ्घन अत्यन्त दुःखद छ, आज हामीले कूटनीतिक च्यानलमार्फत रुसी सरकारसँग अत्यन्त गम्भीर विरोध दर्ता गर्यौँ र पुनरावृत्तिलाई रोक्न दृढतापूर्वक आग्रह गर्यौँ ।’

जापानले युक्रेनमा पश्चिमी दृष्टिकोणलाई समर्थन गरेको छ, किएभलाई वित्तीय र भौतिक सहयोग प्रदान गरेको छ र युक्रेनमाथि मस्कोले आक्रमण गरेपछि रुसी व्यक्ति र सङ्गठनहरूमाथि प्रतिबन्ध लगाएको छ ।

रक्षामन्त्री किहाराले सन् २०१९ जुनमा टियु–९५ बमवर्षकले दक्षिणी ओकिनावा र टोक्योको दक्षिणमा रहेको इजु द्वीप समूह वरपर जापानी हवाई क्षेत्रमा प्रवेश गरेयता कुनै पनि रुसी विमानद्वारा सार्वजनिक रूपमा घोषित पहिलो हवाई क्षेत्र अतिक्रमण भएको बताए । 

रक्षा मन्त्रालयका अनुसार सन् २०२३ मा रुसी भनेर विश्वास गरिएको तर पुष्टि नभएको एउटा विमान जापानी हवाई क्षेत्रमा प्रवेश गरेको थियो । 

सरकारका वरिष्ठ प्रवक्ता योशिमासा हयाशीले पनि सोमबार भने, “हामी यस कार्यको उद्देश्य र प्रयोजनबारे कुनै निश्चित जानकारी दिनबाट बच्नेछौँ तर युक्रेन आक्रमणपछि रुसी सेना हाम्रो मुलुक वरपर सक्रिय रहेको छ ।”

रुसी विमानहरूले सन् २०१९ पछि पहिलो पटक मुलुक वरपर उडान भरेपछि प्रतिक्रिया दिएजस्तै जापानले यस महिना पनि लडाकू विमानहरू उडाएको थियो । 

टोक्योका अनुसार टियु–१४२ विमानहरूले जापानी हवाई क्षेत्र प्रवेश गरेनन् तर जापान र रुसबीच क्षेत्रीय विवाद रहेको क्षेत्रमाथि उडान भरे । 

रुसी र चिनियाँ युद्धपोतहरूले हालै जापान सागरमा संयुक्त अभ्यास गरेका थिए । यसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तीन दशकयताकै सबैभन्दा ठूलो नौसैनिक अभ्यास भनेका थिए ।

जापानले अगस्टमा चिनियाँ सैन्य विमानद्वारा आफ्नो हवाई क्षेत्रमा पहिलो पुष्टि गरिएको अतिक्रमणपछि लडाकु विमानहरू उडाएको थियो । उक्त अतिक्रमणलाई टोक्योले आफ्नो सार्वभौमसत्ताको ‘गम्भीर उल्लङ्घन’ भनेको थियो । 

त्यसपछि गत साता एउटा चिनियाँ विमानवाहक पोत पहिलोपटक ताइवान नजिकका दुई जापानी टापूबीच पार भयो । उक्त घटनालाई जापानले ‘जापान र क्षेत्रको सुरक्षा वातावरणको दृष्टिकोणबाट पूर्णतया अस्वीकार्य’ भनेको थियो ।

चीनले भने उक्त मार्ग अन्तर्राष्ट्रिय कानूनअनुरूप भएको बताएको छ । 

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : ०८ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था