घरको छतबाट खसेर भारतीय कामदारको मृत्यु « Khabarhub

घरको छतबाट खसेर भारतीय कामदारको मृत्यु


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको वीरगन्जमा १ जना भारतीय कामदारको घरको छतबाट लडेर मृत्यु भएको छ ।

भारतीय राज्य बिहारअन्तर्गत बेतिया मझबलिया घर भइ वीरगन्जमा डकर्मीको रुपमा कार्यरत २२ वर्षीय नजरे आलमको २ तले घरको छतबाट खसेर मृत्यु भएको हो ।

वीरगन्जको बेल्वा टोलमा रहेको पल्पस फ्याक्ट्रिमा कार्यरत आलम काम गर्ने क्रममा घरको छतबाट खसेका थिए ।

छतबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा वीरगन्जस्थित गण्डक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मृतक आलमको शव परीक्षणका लागि अहिले नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ११ : ०१ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी