घरको छतबाट खसेर भारतीय कामदारको मृत्यु « Khabarhub

घरको छतबाट खसेर भारतीय कामदारको मृत्यु


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको वीरगन्जमा १ जना भारतीय कामदारको घरको छतबाट लडेर मृत्यु भएको छ ।

भारतीय राज्य बिहारअन्तर्गत बेतिया मझबलिया घर भइ वीरगन्जमा डकर्मीको रुपमा कार्यरत २२ वर्षीय नजरे आलमको २ तले घरको छतबाट खसेर मृत्यु भएको हो ।

वीरगन्जको बेल्वा टोलमा रहेको पल्पस फ्याक्ट्रिमा कार्यरत आलम काम गर्ने क्रममा घरको छतबाट खसेका थिए ।

छतबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा वीरगन्जस्थित गण्डक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मृतक आलमको शव परीक्षणका लागि अहिले नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ११ : ०१ बजे

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी

फिफा विश्वकप : इक्वेडर र कुरासाओले खेले गोलरहित बराबरी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह ‘ई’ का इक्वेडर

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

म्याग्दी– सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार