ट्रम्पको हत्या गरे एकलाख ५० हजार डलर पुरस्कार दिन चाहन्थे राउथ « Khabarhub

ट्रम्पको हत्या गरे एकलाख ५० हजार डलर पुरस्कार दिन चाहन्थे राउथ


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत साता वेस्ट पाम बीचमा भएको गोली काण्डका आरोपी रेन वेस्दी राउथकाबारे थप रहस्य पत्ता लागेको छ।

उनले ट्रम्पलाई मार्ने इच्छा रहेको पत्र लेखेका थिए । सोमबार सरकारी वकिल कार्यालयका कानुन व्यवसायीहरूले यसलाई दर्ता गरेका छन् ।

अहिले सुनुवाइ भइरहेको यस मुद्दाको कुनै टुङ्गो लागेको छैन । केही दिनलाई मुद्दा चल्दै गर्दा अभियोजकहरुले योजना परिवर्तन गरेका हुन् ।

उनले आफ्नो घरमा छाडेको एक बाकसको खानतलासी लिइएको छ । सो बाकसमा गोला, बारुद, फलामे पाइप, फोन तथा थुप्रै पत्रहरू थिए ।

संसारलाई सम्बोधन गर्दै लेखिएको एउटा पत्र यस्तो थियो‘ ‘ट्रम्पलाई मार्ने योजना मैले बनाए पनि बारम्बार असफल भएँ । मैले यसलाई गम्भीरतापूर्वक लिएको छु । बाँकी संसारको यो काम फत्ते गर्ने जिम्मेवारी हो । म यो काम फत्ते गर्नेलाई १ लाख ५० हजार अमेरिकी डलर दिन तयार छु ।’

उनको फोन डाटा हेर्दा पनि उनी गल्फ कोर्समा विस्फोट हुनु १२ घण्टा अघिदेखि नै त्यहीँ थिए ।

उनको अर्को फोनबाट राउथले महिनौँदेखि गुगलमा ट्रम्प र उनी गल्फ खेल्ने गल्फ कोर्स र बाटोकोबारे खोजी गरेको देखिएको छ ।

कानुन व्यवसायीहरूकै अनुसार १४ अगस्टमा उनी नर्थ क्यारोलिनबाट वेस्ट पाम बीच पुगेका थिए ।

१८ अगस्ट देखि १५ सेप्टेम्बरको अवधिमा उनी धेरै पटक त्यस बाटोमा हिँडेका थिए उनको कारमा फेला परेका ६ मध्येको एउटा फोनमा गल्फ कोर्समा मेक्सिको जाने विषयमा गुगल सर्च गरिएको थियो ।

उनले आफ्नो सामाजिक सञ्जालमा सन् २०१६ मा ट्रम्पलाई मतदान गरे पनि निराश बनाएको उल्लेख गरेका छन् ।

यसै गरी उनले प्रकाशित गरेको पुस्तकमा इरानलाई ट्रम्पलाई मार्न स्वतन्त्र छौ भनेर उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ८ : २१ बजे

सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी

रौतहट– सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउटपोष्ट (विओपी) सरमुजवा रौतहटको

डा. पोखरेलको गीति एल्बम ‘परेली’को विमोचन

काठमाडौं–  गीतकार एवं चलचित्र निर्देशक तथा निर्माता डा. सुबोधकुमार पोखरेलको

जेन-जीको आन्दोलनका क्रममा आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ

सिन्धुली– गत भदौ २४ गते सिन्धुलीमा जेन-जीको आन्दोलनका क्रममा सरकारी

हर्कले भने- बहुमत पाएर देश चलाएँ भने कायापलट गर्छु, नत्र शरणार्थी बन्छु

काठमाडौं– श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डको आग्रह

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्बासी