जनप्रगतिशील मञ्च अष्ट्रेलियाको सहयोगमा छात्रवृत्ति वितरण « Khabarhub

जनप्रगतिशील मञ्च अष्ट्रेलियाको सहयोगमा छात्रवृत्ति वितरण


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

झापा- नेकपा माओवादी केन्द्रनिकट जनप्रगतिशील मञ्च अस्ट्रेलियाले विपन्न परिवारका छात्रछात्रालाई आर्थिक सहयोग गरेको छ ।

मञ्चले झापाको कमल गाउँपालिकामा तीनजना गरिब तथा जेहेन्दार विद्यार्थीका लागि जनही २० हजारका दरले छात्रवृत्ति उपलब्ध गराएको हो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले उक्त छात्रवृत्ति वितरण गरेका हुन् ।

छात्रवृत्ति प्राप्त गर्नेमा कमल गाउँपालिका–५ सिमलेकी बबिता राई, कमल–१ बाँसबारीकी अनु धिमाल, कमल–१ बाँसबारी शुक्रबारेकी दीपा विक छन् ।

राई इलाम चुलाचुलाचुलीस्थित किरात चोलुङ आधारभूत विद्यालयको कक्षा ३, धिमाल बाँसबारी माध्यामिक विद्यालयको कक्षा १ र विक बाँसबारी माध्यामिक विद्यायको कक्षा ८ की छात्रा हुन् ।

विपन्न परिवारका राई र धिमाल दुवैका बाबुको मृत्यु भएको र दुवैका आमामा अपांगता भएका कारण पढाई खर्च जुटाउन धौधौ परेकाले सहयोग गरिएको तामाङले बताए ।

कक्षा ८ की प्रथम छात्रा विक जेहेन्दार विद्यार्थी हुन् । उनका बुबा वैदेशिक रोजगारीमा छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ६ : ४१ बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का