यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान | Khabarhub Khabarhub

यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यो सङ्ख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताए।

उनका अनुसार अघिल्लो वर्ष १३ लाखको सङ्ख्यामा सर्वसाधारणहरू उपत्यकाबाट बाहिरिएका थिए । प्रवक्ता खड्काले भने, ‘यो वर्षको दशैंमा वर्षा भएन भने गत वर्षको तुलनामा पाँच लाख बढी सर्वसाधारणहरूले उपत्यका छाड्ने अनुमान गरिएको छ ।’

चाडपर्वका बेलामा आवतजावत गर्नेको चाप बढ्दा दुर्घटना पनि बढ्नसक्ने भएकाले सो विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको उनले बताए। 

प्रवक्ता खड्काले भने, ‘सडक राम्रो नहुनु, सवारी साधनको बढी चाप हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, हतारहतार गरेर यात्रु ओसारपसार गर्नु, बिग्रिएका सवारी साधनहरू पनि सञ्चालन गर्नुलगायतका कारण चाडपर्वमा बढी दुर्घटना हुने गरेको छ । त्यसलाई न्यूनीकरण गर्ने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ ।’

खड्काकाअनुसार सम्भावित दुर्घटनाका विषयमा उपत्यकाका तीनै जिल्लाको सहकार्यमा एकीकृत सुरक्षा योजना तर्जुमा भइरहेको छ । दशैंमा सजकतापूर्वक जाँच गरेर कडाइका साथ नियम पालना गराउन आफूहरू लागिपर्ने उनले बताए।

 प्रवक्ता खड्काले चाडवाडका बेलामा सवारी चालक एवं सहचालकलाई अझ बढी होसियारी पुर्‍याउन र यात्रुलाई पनि सजग रहन आग्रहसमेत गरे ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ७ : ०१ बजे

पूर्वराष्ट्रपति भण्डारीले खोलिन् सम्पर्क कार्यालय (लाइभ)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय काठमाडौंको थापागाउँमा स्थापना हुने

विद्या भण्डारीलाई साथ दिन पुगे ईश्वर पोखरेल र युवराज ज्ञवाली  

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्‌घाटन कार्यक्रममा सहभागी हुन

पाँच वर्षमा पनि सञ्चालन भएन आधारभूत अस्पताल

पर्वत– एक पालिका एक अस्पताल अभियानअन्तर्गत विगत पाँच वर्ष अघिदेखि

‘जनै हराएको मान्छे’को प्रिमियर हेर्ने भक्कानिए

काठमाडौं – भदौ ६ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जनै

समानता, सशक्तीकरण र सम्भावनाका विषयमा महिला प्रहरीलाई प्रोत्साहित गर्नुपर्छ : गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री रमेश लेखकले समानता, सशक्तीकरण र सम्भावनाका विषयहरूमा महिला