खोलाको सिमानाभित्रका भौतिक संरचना हटाउँदै भरतपुर महानगर | Khabarhub Khabarhub

खोलाको सिमानाभित्रका भौतिक संरचना हटाउँदै भरतपुर महानगर


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं चितवनको भरतपुर महानगरपालिकाले पुङ्गी खोलाको सिमानामा परेका भवनहरू भत्काउने काम शुरु गरेको छ । 

भरतपुर महानगर पालिकाले खोलाको सिमाना भित्र रहेका भौतिक संरचना हटाउन ३५ दिने सूचना निकालेको तर बेवास्ता गरेको कारण डोजर लगाएर भत्काउने काम शुरु गरेको भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले बताइन् । 

उनले सार्वजनिक जग्गाहरूमा भौतिक संरचना निर्माण गर्ने र व्यवसाय सञ्चालनको लागि भाडामा दिने गरेको पाइएको बताए । पुङ्गी खोलाको सिमाकंन भरतपुर महानगर पालिकाको ११ नम्बर वडाको गणेश थान देखी राम घाट सम्म करिब साढे ५ किलो मिटर क्षेत्रको खोलाको वरपर सिमाकंन गरेर सौन्दर्यकरण गर्ने वाकीङ्ग ट्रेल निर्माण योजना रहेको उनले जानकारी दिए ।

भरतपुर महानगरले नारायणगढ बजारको मुटुमा रहेको लायन्स क्लबको भवन पुगी खोलाको खोलाको क्षेत्रमा निर्माण भएको कारण भत्काएको छ । करिब ५५ सालमा निर्माण भएको उक्त भवन लायन्स क्लबको आफ्नै भवन हो ।

उक्त खोलाको सिमाङ्कन नापी गर्ने क्रममा धेरै घरहरू परेका छन् । खोलाको सिमाङ्कन गर्ने क्रममा खोलाको वरपर कति मिटर छाड्ने भन्ने यकिन नभएको भरतपुर महानगर पालिकाका नापी अधिकृत विकास देवकोटाले बताए ।

महानगरले रातो पुर्जा नभएको र खोलाको सिमाना मिचेर बनेका घर टहरा सबै हटाउने जनाएको छ । लायन्स चोक वाट परिचित उक्त स्थानको लायन्स क्लबको भवन भत्किएपछि लायन्सको अस्तित्व नै मेटीने चिन्ता व्यक्त गरिएको छ ।

 

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  १२ : ५२ बजे

विकासका लागि राजनीतिक स्थिरता आवश्यक : उपप्रधानमन्त्री सिंह

भक्तपुर– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको सबै क्षेत्रको

चट्याङ लागेर वृद्धको मृत्यु

बाजुरा– चट्याङ लागेर बाजुरामा  एक वृद्धको मृत्यु भएको छ ।

चन्द्रपुरमा अवैध सालको काठ बरामद

रौतहट– पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर स्थित प्रहरीले अवैध

‘जुम्लामा नूनको अभाव छैन’

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार १६०

काठमाडौंमा मनाइयो जितिया पर्व

काठमाडौं– मैथिल र थारू समुदायका महिलाले विशेष रुपमा मनाउने जितिया