प्रहरीले पक्राउ गरेका रविका समर्थकहरु पनि रिहा | Khabarhub Khabarhub

प्रहरीले पक्राउ गरेका रविका समर्थकहरु पनि रिहा


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछानेका समर्थकहरु पनि रिहा भएका छन् ।

कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई मंगलबार छाडिएको हो । सो क्रममा सोमबारसम्म ४८ जना पक्राउ परेका थिए ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछाने र युवराज कँडेल धराैटीमा तथा रुकु भनिने अस्मिता कार्की सोमबार साधारण तारेखमा रिहा भइसकेका छन् ।

घटनाको अनुसन्धानका लागि नियन्त्रमा लिएर मुद्दाको प्रतिवादी बनाइएकाहरुलाई अदालतले धराैट तथा तारेखमा रिहा गर्न आदेश जारी गरिसकेपछि प्रदर्शनकारीहरुलाई पनि रिका गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार म‌ंगलबार बिहानदेखि आफन्तको जिम्मामा उनीहरुलाई छाड्न शुरु गरिएको हो ।

यसैबीच पत्रकार पुडासैनी मृत्यु प्रकरणमा धरौटीमा रिहा  भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले मंगलबार यहाँ पत्रकार सम्मेलन गरी अदालतको आदेश शिरोधार्य गर्दै अगाडि बढ्ने बताएका छन् ।

सो मुद्दाको थुनछेक बहसका क्रममा सोमबार लामिछानेलाई रु पाँच लाख, युवराज कँडेललाई रु तीन लाख र अस्मिता भनिने रुकु कार्कीलाई शुद्ध तारेखमा अदालतले छाडेको थियो । उनीहरुको आगामी असोज ५ गते तारेख तोकिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  १ : ५१ बजे

गुप्ताको राजीनामालगत्तै मन्त्री अधिकारीले पनि ३२ लाख घुस लिएको आरोप, बाहिरियो अडियो

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ७८

तीन वर्षमा पनि बनेन मध्यपहाडीको दुई किमि सडक

गण्डकी– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्की पोखरा महानगरपालिका–१ को

राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्री न्यौपानेको शपथ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

‘चमेलीको पोइ’ चैत १३ मा आउने, मुकुन दोहोरो भूमिकामा हुन् ?

काठमाडौं – नायक मुकुन भुसाल र नायिका सुरक्षा पन्त अभिनीत