चितवन खाद्यान्नमा आत्मनिर्भर « Khabarhub

चितवन खाद्यान्नमा आत्मनिर्भर


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा स्थायी बसोबास गर्ने जनसङ्ख्यालाई आवश्यक पर्ने खाद्यान्नमा चितवन आत्मनिर्भर रहेको छ । धान, मकै, गहुँ, कोदो, फापरलगायत खाद्यान्न बालीमा जिल्ला आत्मनिर्भर भएको हो ।

कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार यहाँ ३७ हजार ११८ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ । यस्तै, १७ हजार ११० हेक्टर क्षेत्रफलमा मकै, चार हजार ९४१ हेक्टर क्षेत्रफलमा गहुँ, एक हजार ५० हेक्टर क्षेत्रफलमा कोदो र फापर लगाउने गरिएको उनले बताए । 

उनका अनुसार सबै उत्पादन दुई लाख ५२ हजार ८४५ मेट्रिक टन खाद्यान्न जिल्लामा उत्पादन हुँदै आएको छ । त्यसमा धान एक लाख ६७ हजार ३३ मेट्रिक टन, मकै ६८ हजार ५९१ मेट्रिक टन, गहुँ १६ हजार १३ मेट्रिक टन, कोदो र फापर एक हजार २०८ मेट्रिक टन उत्पादन हुने गरेको कँडेलले जानकारी दिए।

आर्थिक वर्ष २०८१-८२ को कार्यक्रम सार्वजनिक तथा आर्थिक वर्ष २०८०-८१ को प्रगति समीक्षा कार्यक्रममा कँडेलले सो तथ्यांक सार्वजनिक गरेका हुन् । राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार जिल्लामा सात लाख १९ हजार ८५९ जना स्थायी रुपमा बसोबास गर्ने रहेका छन् । त्यसले एक लाख ४० हजार १९ मेट्रिक टन खाद्यान्न खपत गर्ने गरेको सो अवसरमा जानकारी गराइयो । 

त्यसमध्ये धान ९८ हजार २७४ मेट्रिक टन, मकै २६ हजार ७७७ मेट्रिक टन, गहुँ १३ हजार ८८८ मेट्रिक टन, कोदो र फापर एक हजार ८० मेट्रिक टन उपभोग भएको कँडेलले बताए।

उनका अनुसार दुई हजार ५२६ दशमलव ३० मेट्रिक टन प्रशोधित खाद्यान्न बचत हुने गरेको छ । जिल्लामा स्थायी बसोबास गर्ने जनतालाई आफ्नो उत्पादनले खान पुग्ने जनाउँदै उनले अस्थायी रुपमा बसोबास गर्नेहरूको हकमा बाहिरबाट ल्याउनुपर्ने बताए।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  १ : ५५ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र