जम्मु–काश्मीर विधानसभाको दोस्रो चरणको मतदान जारी « Khabarhub

जम्मु–काश्मीर विधानसभाको दोस्रो चरणको मतदान जारी


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जम्मु–काश्मीरमा बुधबार दोस्रो चरणको विधानसभा निर्वाचनका लागि मतदान भएको छ । विधानसभा चुनावका लागि बुधबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ छ बजेसम्म जारी रहनेछ।  

केन्द्र शासित प्रदेशका छ जिल्लाका २६ निर्वाचन क्षेत्रका २३९ उम्मेदवारको भाग्यको फैसला गर्न बुधबार जारी निर्वाचनमा २५ लाखभन्दा बढी योग्य मतदाताले मतदान गर्नेछन् । 

यो चरणमा १३ लाख १२ हजार ७३० पुरुष, १२ लाख ६५ हजार ३१६ महिला र ५३ जना तेस्रो लिङ्गी गरी कुल २५ लाख ७८ हजार ९९ लाख मतदाताले मतदान गर्नेछन् । अन्तिम चरणको निर्वाचन अक्टोबर १ मा हुनेछ भने मतगणना अक्टोबर ८ मा हुनेछ ।

बिहान ११ बजेसम्म २४ दशमलव १० प्रतिशत मत खसेको छ । भारतीय निर्वाचन आयोगका अनुसार रियासीमा सबैभन्दा बढी ३३.३९ प्रतिशत मतदान भएको छ भने सबैभन्दा कम श्रीनगरमा ११.६७ प्रतिशत मतदान भएको छ ।

मतदानको क्रममा विभिन्न देशका वरिष्ठ कूटनीतिज्ञहरूको एक उच्चस्तरीय प्रतिनिधिमण्डल बुधबार बडगाम र श्रीनगरलगायत विभिन्न मतदान केन्द्रहरूमा जम्मु र काश्मीरमा मतदान प्रक्रियाको अवलोकन गर्न पुगेको थियो।

विदेश मन्त्रालयले अमेरिका, मेक्सिको, गुयाना, दक्षिण कोरिया, सोमालिया, पनामा, सिंगापुर, नाइजेरिया, स्पेन, दक्षिण अफ्रिका, नर्वे, तान्जानिया, रुवान्डा, अल्जेरिया र फिलिपिन्सलगायत करिब १५ देशका कूटनीतिज्ञको प्रतिनिधिमण्डललाई आमन्त्रण गरेको थियो ।

मतदान केन्द्रको भ्रमणका क्रममा वरिष्ठ कूटनीतिज्ञहरूले जनता र मतदातासँग अन्तरक्रिया गरेका थिए । 

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ५ : ०९ बजे

कुलेखानी जलाशय भरिँदै, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध

हेटौँडा– लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका

अविरल वर्षाले जनजीवन प्रभावित

काठमाडौँ– बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक