जम्मु–काश्मीर विधानसभाको दोस्रो चरणको मतदान जारी « Khabarhub

जम्मु–काश्मीर विधानसभाको दोस्रो चरणको मतदान जारी


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सीजम्मु–काश्मीरमा बुधबार दोस्रो चरणको विधानसभा निर्वाचनका लागि मतदान भएको छ । विधानसभा चुनावका लागि बुधबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ छ बजेसम्म जारी रहनेछ।  

केन्द्र शासित प्रदेशका छ जिल्लाका २६ निर्वाचन क्षेत्रका २३९ उम्मेदवारको भाग्यको फैसला गर्न बुधबार जारी निर्वाचनमा २५ लाखभन्दा बढी योग्य मतदाताले मतदान गर्नेछन् । 

यो चरणमा १३ लाख १२ हजार ७३० पुरुष, १२ लाख ६५ हजार ३१६ महिला र ५३ जना तेस्रो लिङ्गी गरी कुल २५ लाख ७८ हजार ९९ लाख मतदाताले मतदान गर्नेछन् । अन्तिम चरणको निर्वाचन अक्टोबर १ मा हुनेछ भने मतगणना अक्टोबर ८ मा हुनेछ ।

बिहान ११ बजेसम्म २४ दशमलव १० प्रतिशत मत खसेको छ । भारतीय निर्वाचन आयोगका अनुसार रियासीमा सबैभन्दा बढी ३३.३९ प्रतिशत मतदान भएको छ भने सबैभन्दा कम श्रीनगरमा ११.६७ प्रतिशत मतदान भएको छ ।

मतदानको क्रममा विभिन्न देशका वरिष्ठ कूटनीतिज्ञहरूको एक उच्चस्तरीय प्रतिनिधिमण्डल बुधबार बडगामश्रीनगरलगायत विभिन्न मतदान केन्द्रहरूमा जम्मु र काश्मीरमा मतदान प्रक्रियाको अवलोकन गर्न पुगेको थियो।

विदेश मन्त्रालयले अमेरिका, मेक्सिको, गुयाना, दक्षिण कोरिया, सोमालिया, पनामा, सिंगापुर, नाइजेरिया, स्पेन, दक्षिण अफ्रिका, नर्वे, तान्जानिया, रुवान्डा, अल्जेरिया र फिलिपिन्सलगायत करिब १५ देशका कूटनीतिज्ञको प्रतिनिधिमण्डललाई आमन्त्रण गरेको थियो ।

मतदान केन्द्रको भ्रमणका क्रममा वरिष्ठ कूटनीतिज्ञहरूले जनता र मतदातासँग अन्तरक्रिया गरेका थिए । 

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ५ : ०९ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच