विदेश पढ्न जाने विद्यार्थीले लगे झन्डै १५ अर्ब, भ्रमणमा जानेले कति ? « Khabarhub

विदेश पढ्न जाने विद्यार्थीले लगे झन्डै १५ अर्ब, भ्रमणमा जानेले कति ?


१० आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साउन महिनामा नेपाली विद्यार्थीहरूले विदेश अध्ययनको नाममा झन्डै १५ अर्ब रकम विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा नेपाली विद्यार्थीहरूले विदेश अध्ययन गर्नको लागि १४ अर्ब ९२ करोड रुपैयाँ लगेको जनाएको छ ।

समीक्षा अवधिमा शिक्षा र भ्रमण शीर्षकमा ३०.४ प्रतिशतले वृद्धि भई २२ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो शीर्षकमा १७ अर्ब २६ करोड रहेकोमा शिक्षातर्फको व्यय १० अर्ब ७५ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा नेपालमा भ्रमण बापतको आय अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.१ प्रतिशतले वृद्धि भएर ४ अर्ब ७६ करोड भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालमा भ्रमण बापतको आय ४ अर्ब ४० करोड रहेको थियो ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  १ : ३८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको