भारतको बिहारमा जितिया पर्वमा नुहाउने क्रममा ४६ जनाको मृत्यु « Khabarhub

भारतको बिहारमा जितिया पर्वमा नुहाउने क्रममा ४६ जनाको मृत्यु


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहार राज्यमा जितिया पर्वमा पोखरी र अन्य ठाउँमा नुहाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको मृत्यु भएको छ ।

बिहार सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार राज्यका विभिन्न जिल्लामा जितिया पर्वको समयमा यो दुर्घटना भएको हो । मृत्यु हुनेमा दुई पुरुष पनि रहेको विभागले जनाएको छ । पोखरीमा डुबेर सबैभन्दा बढी आठ जनाको मृत्यु औरंगाबादकैमुर जिल्लामा भएको छ ।

दक्षिण बिहारका जिल्लाहरूमा सामान्यतया पोखरीमा पानी कम हुन्छ तर यस वर्ष भारी वर्षाका कारण पोखरीमा पानी बढी रहेको विभागले जनाएको छ । रोहतास, अरवाल, नालंदा, सिवानबक्सरलगायत राज्यका अन्य जिल्लामा पनि जितिया पर्वमा नुहाउने क्रममा डुबेर महिला तथा बालबालिकाको मृत्यु भएको छ । 

जितिया पर्व मंगलबार र बुधबार मनाइएको थियो । यस पर्वमा बिहार, झारखण्ड जस्ता धेरै राज्यहरूमा विभिन्न मान्यता अनुसार महिलाहरू व्रत बस्छन् र नदी वा पोखरीमा नुहाउन पनि जान्छन् ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ७ : २९ बजे

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत