भारतको बिहारमा जितिया पर्वमा नुहाउने क्रममा ४६ जनाको मृत्यु « Khabarhub

भारतको बिहारमा जितिया पर्वमा नुहाउने क्रममा ४६ जनाको मृत्यु


१० आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहार राज्यमा जितिया पर्वमा पोखरी र अन्य ठाउँमा नुहाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको मृत्यु भएको छ ।

बिहार सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार राज्यका विभिन्न जिल्लामा जितिया पर्वको समयमा यो दुर्घटना भएको हो । मृत्यु हुनेमा दुई पुरुष पनि रहेको विभागले जनाएको छ । पोखरीमा डुबेर सबैभन्दा बढी आठ जनाको मृत्यु औरंगाबाद र कैमुर जिल्लामा भएको छ ।

दक्षिण बिहारका जिल्लाहरूमा सामान्यतया पोखरीमा पानी कम हुन्छ तर यस वर्ष भारी वर्षाका कारण पोखरीमा पानी बढी रहेको विभागले जनाएको छ । रोहतास, अरवाल, नालंदा, सिवान र बक्सरलगायत राज्यका अन्य जिल्लामा पनि जितिया पर्वमा नुहाउने क्रममा डुबेर महिला तथा बालबालिकाको मृत्यु भएको छ । 

जितिया पर्व मंगलबार र बुधबार मनाइएको थियो । यस पर्वमा बिहार, झारखण्ड जस्ता धेरै राज्यहरूमा विभिन्न मान्यता अनुसार महिलाहरू व्रत बस्छन् र नदी वा पोखरीमा नुहाउन पनि जान्छन् ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ७ : २९ बजे

नवरात्रको नवौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज