अमेरिकी युद्धविरामको प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार « Khabarhub

अमेरिकी युद्धविरामको प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

लेबनान – अमेरिकाले इजरायल-लेबनान सीमामा भइरहेको युद्ध रोक्नका लागि तत्कालका लागि गरेको युद्ध विरामको प्रस्तावलाई इजरायलले अस्वीकार गरेको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध विराम हुनसक्ने भए पनि अहिले तत्कालका लागि सेना द्विविधामा नपर्न लागि निर्देशन गरेका छन्।

नेतान्याहुले लक्ष्य पुरा नभएसम्म आक्रमण जारी राख्ने बताएका छन्। नेतान्याहुको यो घोषणाका बाबजुद धेरैको अनुमान इजरायल र हिजबुल्लाह दुवै युद्ध विरामका लागि तयार भएको तथापि आफ्नो सेनाको आत्मबल गिर्न नदिनका लागि युद्धको पक्षमा भएको सङ्केत गरेका छन्।

युद्धमा एकपछि अर्को हिलजबुल्लाह कमान्डर मारिने क्रममा बिहीबार मोहम्मद हिसान स्क्राउरको ज्यान गएको छ। इजरायल डिफेन्स फोर्स (आइडिएफ)का अनुसार स्क्राउर इजरायल विरुद्ध भएको थुप्रै आक्रमणमा नेतृत्व गर्ने व्यक्ति हुन्।

युद्धका कारण उत्तरी इजरायलका ७० हजार जना विस्थापित भएका छन्। यसैगरी, लेबनानमा एक लाख १० हजार घरबारबिहीन भइसकेका छन्।

बिहीबार युद्धमा इजरायलमाथि थप सङ्कटको अवस्था देखिएको छ। तेल अभिभमा आक्रमणका साइरनहरू बज्न थालेका छन्।

हिजबुल्लाहले लगातार रकेट आक्रमण जारी नै राखेको छ। बिहीबार मात्र २२० रकेट प्रहार भएका छन्। इजरायलले पछिल्लो २४ घण्टामा ९२ जनाको आफूले गरेको आक्रमणका कारण ज्यान गएको तथा १५३ जना घाइते भएको जनाएका छन्।

बन्दी बनाइएका इजरायलीका परिवार अहिले नेतान्याहुको नीतिको विरोधमा प्रतिक्रिया व्यक्त गर्न थालेका छन्।

नेतान्याहुले रगतसँग खेली रहेको आरोप उनीहरूले लगाउन थालेका छन्। अर्को एक समाचारमा लेबनानको स्वास्थ्य मन्त्रालयले त्यहाँको स्वास्थ्य संरचना असफल भएको जनाएको छ।

इजरायलको आक्रमणमा परेको लेबनानको एक क्षेत्र । तस्बिरः रोयटर्स

लेबनानको डिजास्टर रिस्क म्यानेजमेन्टले ८ अक्टोबर यता कम्तीमा १ हजार ५ सय ४० जना लेबनानमा मारिएको जनाएको छ। यो भयावह अवस्थाका बिच नेतान्याहु संयुक्त राष्ट्र सङ्घीय महासभाका लागि न्युयोर्क पुगेका छन्। यसले युद्ध विरामको सम्भावनाको बाटो भने खुलेको छ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ६ : २७ बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।