अमेरिकी युद्धविरामको प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार | Khabarhub Khabarhub

अमेरिकी युद्धविरामको प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

लेबनान – अमेरिकाले इजरायल-लेबनान सीमामा भइरहेको युद्ध रोक्नका लागि तत्कालका लागि गरेको युद्ध विरामको प्रस्तावलाई इजरायलले अस्वीकार गरेको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध विराम हुनसक्ने भए पनि अहिले तत्कालका लागि सेना द्विविधामा नपर्न लागि निर्देशन गरेका छन्।

नेतान्याहुले लक्ष्य पुरा नभएसम्म आक्रमण जारी राख्ने बताएका छन्। नेतान्याहुको यो घोषणाका बाबजुद धेरैको अनुमान इजरायल र हिजबुल्लाह दुवै युद्ध विरामका लागि तयार भएको तथापि आफ्नो सेनाको आत्मबल गिर्न नदिनका लागि युद्धको पक्षमा भएको सङ्केत गरेका छन्।

युद्धमा एकपछि अर्को हिलजबुल्लाह कमान्डर मारिने क्रममा बिहीबार मोहम्मद हिसान स्क्राउरको ज्यान गएको छ। इजरायल डिफेन्स फोर्स (आइडिएफ)का अनुसार स्क्राउर इजरायल विरुद्ध भएको थुप्रै आक्रमणमा नेतृत्व गर्ने व्यक्ति हुन्।

युद्धका कारण उत्तरी इजरायलका ७० हजार जना विस्थापित भएका छन्। यसैगरी, लेबनानमा एक लाख १० हजार घरबारबिहीन भइसकेका छन्।

बिहीबार युद्धमा इजरायलमाथि थप सङ्कटको अवस्था देखिएको छ। तेल अभिभमा आक्रमणका साइरनहरू बज्न थालेका छन्।

हिजबुल्लाहले लगातार रकेट आक्रमण जारी नै राखेको छ। बिहीबार मात्र २२० रकेट प्रहार भएका छन्। इजरायलले पछिल्लो २४ घण्टामा ९२ जनाको आफूले गरेको आक्रमणका कारण ज्यान गएको तथा १५३ जना घाइते भएको जनाएका छन्।

बन्दी बनाइएका इजरायलीका परिवार अहिले नेतान्याहुको नीतिको विरोधमा प्रतिक्रिया व्यक्त गर्न थालेका छन्।

नेतान्याहुले रगतसँग खेली रहेको आरोप उनीहरूले लगाउन थालेका छन्। अर्को एक समाचारमा लेबनानको स्वास्थ्य मन्त्रालयले त्यहाँको स्वास्थ्य संरचना असफल भएको जनाएको छ।

इजरायलको आक्रमणमा परेको लेबनानको एक क्षेत्र । तस्बिरः रोयटर्स

लेबनानको डिजास्टर रिस्क म्यानेजमेन्टले ८ अक्टोबर यता कम्तीमा १ हजार ५ सय ४० जना लेबनानमा मारिएको जनाएको छ। यो भयावह अवस्थाका बिच नेतान्याहु संयुक्त राष्ट्र सङ्घीय महासभाका लागि न्युयोर्क पुगेका छन्। यसले युद्ध विरामको सम्भावनाको बाटो भने खुलेको छ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ६ : २७ बजे

दिक्तेल रुपाकोट मझुवागढीका नगरप्रमुख भट्टराईले माइतीघरमा थाले सत्याग्रह

काठमाडौं– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई कपाल

‘कुलिङ अफ पिरियड’को संशोधन प्रस्तावमा भ्रम सिर्जना गरियो : सांसद अञ्जान शाक्य  

काठमाडौं– राष्ट्रियसभाकी सांसद डाक्टर अञ्जान शाक्यले  राष्ट्रियसभा विधेयकमा आफूले हालेको

‘कुलिङ अफ पिरियड’मा प्रचण्डलाई छानबिनको दायरामा ल्याउनु पर्छ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ‘कुलिङ

रौतहटमा खानेपानी आयोजना : दश वर्षमा आधा काम, जुडिबेलावासी समस्यामा

राैतहट- निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा

मुस्ताङ– मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त