पर्वतका ग्रामीण सडक स्तरोन्नति गरिँदै | Khabarhub Khabarhub

पर्वतका ग्रामीण सडक स्तरोन्नति गरिँदै


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पर्वत– जिल्लाका ग्रामीण सडकको धमाधम स्तरोन्नति थालिएको छ । सडक सुधार र स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८४ करोड विनियोजन गरेर काम सञ्चालन भएको हो ।

प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८१-८२ मा पर्वतमा सडकसम्बन्धी एक सय २३ वटा योजनाका लागि रु ८३ करोड ७९ लाख ८० हजार विनियोजन गरेको हो ।

मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालका अनुसार अघिल्लो आर्थिक वर्षमा स्रोत सुनिश्चित भएका क्रमागत योजनासहित एक सय २३ वटा योजना सञ्चालन हुने बताउनुभयो । केही सङ्घीय सरकारअन्तर्गतका रहेका छन् भने प्रदेश सरकारका अधिकांश नयाँ योजना छन् ।

कुश्मा नगरपालिकामा ३३, फलेवासमा ३३, मोदी गाउँपालिकामा २०, जलजलामा १४, पैँयुमा ११, महाशिलामा सात र सबैभन्दा कम विहादी गाउँपालिकामा पाँचवटा योजना छन् । तीमध्ये ५० वटा योजनाको लगत अनुमान तयार भइसकेको र असोजभित्र ठेक्का प्रक्रिया अघि बढ्ने कार्यालय प्रमुख अर्यालले बताए ।

गत आवमा ठेक्का प्रक्रियामा गएका पैँयुको छत्तिसेघाट मोटरेबल पुल, कुश्मा–१०फलेवास–३ जोड्ने मल्याङ्दी खोला पुल, जलजलाको मिलनचोक–सल्यान–घाहाखेत धारापानी–ठोटनेरी सडकका लागि पनि स्रोत सुनिश्चित भई नियमित काम हुने भएको छ । यसैगरी कुश्मा–२ को हिमालय मावि–पाङ– नुहार–खनियाघाट सडक, खुर्कोट–पाङ–नालिवाङ–धाइरिङ–मल्लाज बेनी सडक, मोदी गाउँपालिकाको रतिखोलाबाट दराक–चित्रे–गगटे–राम्जा सडकको पनि स्रोत सुनिश्चित भएको छ ।

फलेवास नगरपालिकाको खुमबाट भँगरा–बेतेनी–सल्यानधारा–घन्तरी–लुङ्खु सडकको स्तरोन्नति, पैँयुमहाशिलाको बेउलीबास–पूर्णगाउँ–पैँयुकोट–लुड्खु सडकका लागि रु तीन करोड १० लाखको लागतमा स्तरोन्नति सुरु भएको छ । उक्त योजनाको गत साता गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले शिलान्यास गरेका थिए  ।

यसैगरी जलजलाको मिलनचोक–रातमाटा–भोटेडाँडा–शालिजा सडक स्तरोन्नति, जलजलाकै किराखोर–घाखेत–धारापानी–कलैचे सडक, फलेवास नगरपालिकाअन्तर्गतको  हिलेखोला–कार्कीनेटा–खलडाँडा–फलेवास–जैमुनीघाट सडकका लागि पनि आठ करोडको योजना क्रमागत रूपमा सञ्चालन भइरहेको कार्यालयले जनाएको छ । 

कुश्मा नगरपालिकाअन्तर्गत दोबिल्ला–सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटाधरादी–काउँडाँडा–सौर्यकोट–हातेमालोचोक सडकका लागि पनि स्रोत सुनिश्चित भएको कार्यालय प्रमुख अर्यालले बताए ।

पूर्वाधार विकास कार्यालयका प्रमुख अर्यालले चालु आवमा सालवसालीबहुुवर्षे ठेक्का लगाउने योजनाको पहिचान गरी सर्वेक्षणको काम भइरहेको जानकारी दिए। उनले प्राविधिक कर्मचारीको अभाव, बहुवर्षीय योजनामा पर्याप्त बजेटको कमीलगायत समस्या रहेको जानकारी दिए।  

आव २०८०-८१ मा जिल्लामा २३ किलोमिटर सडक कालोपत्र गरिएको छभने १७ किलोमिटर लामो पानी निकासको नाली, चार किलोमिटर सडक ग्राभेल र १३ किलोमिटर कच्ची सडक विस्तार गरिएको थियो । 

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १० : १७ बजे

हामी उन्नत लोकतान्त्रिक अभ्यासमा छौँ : मुख्यमन्त्री कार्की

सुनसरी – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा उन्नत लोकतन्त्रको

पार्टी सङ्गठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

‘आउँदो ३० वर्षमा भारतले नवीकरणीय ऊर्जामा ठूलो फड्को मार्छ’

काठमाडौँ– भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेटीले आगामी ३० वर्षमा

 पार्टीमा सबैलाई समान व्यवहार हुनुपर्छ : शेखर कोइराला

 धनगढी – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका सबै

 भारतीय प्रधानमन्त्री मोदी कुवेत भ्रमणमा

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुवेत पुगेका छन् । दुई