लगातारको वर्षाका कारण आन्तरिक उडान ठप्प  | Khabarhub Khabarhub

लगातारको वर्षाका कारण आन्तरिक उडान ठप्प 


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातार भइरहेको वर्षाका कारण त्रिभुवन विमानस्थलबाट हुने सम्पूर्ण आन्तरिक हवाई उडानहरू प्रभावित बनेका छन् ।

मौसम खराब भएका कारण बिहानै बाट सम्पूर्ण ठाउँका हवाई उडान प्रभावित बनेका हुन् । काठमाडौंबाट धनगडी, भैरहवा नेपागञ्ज र जनकपुरमा आज एक दुई वटा उडान भए पनि अन्य ठाउँमा उडान ठप्प रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताएका छन् ।

आज बिहानै बाट अधिकांश ठाउँका उडानहरू फ्लाइटहरू रद्द भएका उनले बताएका छन् । उनका अनुसार बिहीबार देखि नै आन्तरिक उडानहरू प्रभावित भइरहेका छन् ।

बिहीबार बाटै लगातार वर्षाका कारण हवाई उडानमा समस्या भएको हो । मौसममा सुधार नआएसम्म अझै पनि सम्पूर्ण उडानहरू रद्द नै हुने विमानस्थलका प्रवक्ता शेर्पाले जनाएका छन् ।

आज मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएको विमानस्थलले जनाएका छन् । अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहनुकासाथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ ।

देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा जनाइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  २ : २५ बजे

अड्कियो मन्त्रिपरिषद् विस्तार : भाग खोज्ने धेरै हुँदा प्रधानमन्त्रीलाई समस्या

काठमाडौँ- जेन-जी र अन्य समूहबीच कुरा नमिल्दा मन्त्रीपरिषद् विस्तार अड्किएको

पाटनमा जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको सम्झना (तस्बिरहरू)

काठमाडौं- गत सोमबार काठमाडौंमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झना र

पर्यटन मन्त्रालयको काम नियमित

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम नियमित सञ्चालनमा

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त हुँदै

काठमाडौँ- वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता बन्ने भएकी छन् ।

सिजन मिडियाको अस्ट्रेलियामा प्रोफेशनल अचिभमेन्ट अवार्ड सम्पन्न

काठमाडौं– सिजन मिडियाले हिमाली कल्चरल ग्रुप र इभेन्ट्स नेपाल अस्ट्रेलियासँगको