चाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको शुरुवात | Khabarhub Khabarhub

चाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको शुरुवात


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको नयाँ बसपार्कमा आज ‘चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान २०८१’ को सुरुवात भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यले अभियानको उद्‌घाटन गरेकी हुन् ।

उद्‌घाटन पश्चात् कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गरेर सुरक्षित पर्व मनाउन सकिने कुरामा जोड दिइन् ।

अभियान अन्तर्गत यात्रु सहायता कक्ष संचालन, चालक परिचालक लक्षित स्वास्थ्य शिविर, लामो तथा छोटो दुरीका चालकहरूलाई सम्मान कार्यक्रम र नो भोइलेसन नो पेनाल्टी लेखिएका स्टिकर टाँसेर कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कानुन विपरीत कार्य गर्ने सबैलाई निर्ममता पूर्वक कारबाही गरिने बताए ।

कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको लागी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरे ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले चाड पर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना गरीएको र यात्रामा कुनै समस्या भएमा यात्रु सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक बिश्‍वराज खड्काले हामी सबै चालक एवं सडक प्रयोगकर्ताले  सडक र सवारी नियम पालना गरे मात्र यात्रा सुरक्षित रहने र सडकमा ट्राफिक प्रहरीको परिश्रम हाम्रै लागि हो भन्ने मनन गर्दै ट्राफिक नियम र सडक अनुशासन पालना गर्न आग्रह समेत गरे ।

यातायात व्यवस्था विभागका निर्देशक ईश्वरी दत्त पनेरुले सार्वजनिक यातायात क्षेत्रमा अनुशासनलाई मात्रै ध्यान दिन सके धेरै कुरामा सुधार आउने बताए  । कार्यक्रमकै अवसरमा ७ जना उत्कृष्ट चालक र २ जना परिचालक बस होस्टेजहरुलाई समेत सम्मान गरीएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक बिश्‍वराज खड्काले जानकारी दिए ।

कार्यक्रममा चालक, यातायात मजदुर, यातायात व्यवसायी,ल्होत्से बहुउदेश्यीय प्रालि र नाडाका प्रमुखहरूले अभियान सफलताको शुभकामना व्यक्त गरे  । उक्त कार्यक्रममा विभिन्न सरकारी,गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरू तथा विभिन्न विद्‌यालयका विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ४ : ५१ बजे

‘पूर्णबहादुरको सारङ्गी’ : मुकुनको भूमिका ‘बिरे’, बुद्धिको ‘ढाक्रे माइला’

काठमाडौं- फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा कलाकारले निर्वाह गरेको चरित्र खुल्ने पोस्टर

भोलि बिहानसम्म त्रिभुवन विमानस्थलका आन्तरिक उडान स्थगित

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसममा आएको खराबीका

लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन आग्रह

काठमाडौं – सरकारले लेबनानमा रहेका नेपालीहरुको सूची अध्यावधिक गर्न विवरण

बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा न्यायाधीश सिफारिस गरे

काठमाडौं – नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद

‘झोला’का निर्देशक ल्याए ‘झिल्को‘, पुष ५ बाट प्रदर्शन

काठमाडौं- यादवकुमार भट्टराईको निर्देशन रहेको फिल्म ‘झिल्को’को फस्टलुक पोस्टर र