तीन जिल्लामा सेनाको हेलिकप्टर उद्धारमा प्रयोग | Khabarhub Khabarhub

तीन जिल्लामा सेनाको हेलिकप्टर उद्धारमा प्रयोग


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं गृह मन्त्रालयले प्राकृतिक विपद्बाट प्रभावित तीन जिल्लामा नागरिकको खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाएको छ ।

शनिबार दिउँसोपछि मौसम समान्य बन्दै गएपछि बाढी, पहिरो र डुबान पीडितको उद्धारका लागि सेनाको हेलिकप्टर काभ्रेपलाञ्चोक, मकवानपुर र सिन्धुली पाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

‘प्रभावित क्षेत्रमा मौसम प्रतिकुल हुँदा हेलिकप्टर पठाउन सकिएको थिएन ।’, उनले भने, ‘मौसममा सुधार आएपछि तीन वटा जिल्लामा  सेनाका हेलिकप्टर पठाएका छौं ।’ सेनाको हेलिकप्टरले शनिबार काठमाण्डौ उपत्यका लगायत विभिन्न प्रभावित स्थानबाट उद्धार गरेको थियो ।

विपद्बाट हुने क्षति न्यूनीकरण, नागरिकको जिउधनको रक्षा र विप्दमा परेकाहरूको खोज तथा उद्धारमा २० हजार भन्दा बढी सुरक्षाकर्मी खटिएको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री रमेश लेखकले उद्दार, राहत तथा घाइतेको स्वास्थ्य र अवरुद्ध सडक सुचारु गर्न सरकार लागि परेको बताएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ६ : ४१ बजे

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती: विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं- वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

आज २०८२ साल कात्तिक २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले