प्यूठानमा दुई घर भत्किए, सडक सञ्जाल अवरुद्ध « Khabarhub

प्यूठानमा दुई घर भत्किए, सडक सञ्जाल अवरुद्ध


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

प्यूठान – प्यूठानमा दुई घर भत्किएका छन् । निरन्तरको वर्षाका कारण गौमुखी गाउँपालिकामा एक र स्वर्गद्वारी नगरपालिकामा एक गरी दुई घर भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गौमुखी गाउँपालिका–३ कोरबाङका विष्णु सेन र स्वर्गद्वारी नगरपालिका–३ धापधाराका तेजबहादुर नेपालीको कच्ची घरमा पानी चुहिएर भत्किएको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए ।

उनका अनुसार पीडितहरूलाई उद्धार गरी आफन्तको घरमा राखिएको छ । इलाका प्रहरी कार्यालय भिङ्ग्रीको प्रहरी ‘डिउटी’ बस्ने पोष्ट, पर्खाल र भरिएका हतियारहरू खाली गर्ने ठाउँसमेत भत्किएको उनको भनाइ छ ।

वर्षाका कारण पहिरो जाने, लेदो झर्ने हुँदा प्यूठानको मुख्य सडक भालुबाङ–प्यूठान सडकबाहेकका सडकहरू अवरुद्ध भएका छन् । लामो प्रयासपछि भालुबाङ–प्यूठानमा पर्ने गर्जेनी, सिमलचौर, खहरेलगायत ठाउँबाट अवरोध खोलिएको हो ।

प्यूठान–तिराम–घोराहीसहित जिल्लाका बजारलाई जोड्ने सबै सडकहरू अवरुद्ध भएको सूचना अधिकारी केसीले जानकारी दिए । सडक अवरुद्ध र वर्षा चलिरहेका कारण जिल्लामा क्षति विवरण आउन सकेको छैन । वर्षा रोकिएपछि वर्षाले गरेको क्षति विवरण आउने सूचना अधिकारीको भनाइ छ ।

जिल्लाभर वर्षा नरोकिएकाले क्षति विवरण आउन सकेको छैन । हाल उपलब्ध जानकारीअनुसार प्यूठान नगरपालिका–१ खैरास्थित झिमरुक मत्स्यपालन तथा एकीकृत कृषि फर्ममा बाढी पसी माछा बगाउँदा पाँच लाखको क्षति भएको छ ।

फर्ममा बढी पानी परेपछि पाँचवटा पोखरीमा रहेको सबै माछा बगाएको फर्मका सञ्चालक भोजबहादुर बस्नेतले जानकारी दिनुभयो । सञ्चालक बस्नेतका अनुसार पाँचवटा पोखरीमा रहेको सबै माछा बगाउँदा करिब पाँच लाख बराबरको क्षति पु¥याएको हो ।

छपन्न रोपनी क्षेत्रफलमा १० वटा पोखरीमध्ये पाँचवटा पोखरी भत्काइदिएको छ । फर्ममा क्षति पु¥याइदिएको भन्दै बस्नेतले नगरपालिकाको विपद् व्यवस्थापनले समन्वय गरिदिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ९ : ०६ बजे

निर्वाचनका लागि सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ : गृहमन्त्री

त्रिशूली– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ सुरक्षा

क्यान्सर उपचारमा कुनै कमी हुन दिइँदैन : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले क्यान्सर रोगको उपचारमा सरकारले

सर्वसाधारणमाथि आक्रमण र दुर्व्यवहारले गाजाको मानवीय अवस्था गम्भीर संकटमा

गाजा– गाजाको राफाह सीमा नाका हुँदै फर्किरहेका प्यालेस्टिनीहरूमाथि दुर्व्यवहार भएको

झापा–४ मा पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै

सुरुङ्गा– हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई

सर्वोच्चको आदेश कार्यान्वयन माग्दै विगेसोको माइतिघरमा प्रदर्शन

काठमाडौं – ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (विगेसो) ले सर्वोच्च