बाढीपहिरो पीडितको राहत र उद्धारमा नेता-कार्यकर्तालाई एमालेको आग्रह | Khabarhub Khabarhub

बाढीपहिरो पीडितको राहत र उद्धारमा नेता-कार्यकर्तालाई एमालेको आग्रह


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले पार्टीका नेता तथा कार्यकर्तालाई बाढीपहिरोको उद्धारमा परिचालन हुन आग्रह गरेका छन् ।

उनले शुक्रबार विज्ञप्ति जारी गर्दै अस्वाभाविक रूपमा भएको वर्षापछि बाढी तथा पहिरोका कारण मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको भन्दै यस विपद्मा पार्टी कमिटी, जनप्रतिनिधि र जनवर्गीय सङ्गठनहरू समन्वयात्मक रूपमा परिचालन हुन आह्वान गरेका छन् । कार्यवाहक अध्यक्ष पोखरेलले विपद्को उद्धारमा पार्टी पङ्क्ति तत्परताका साथ जुट्नेसमेत बताए ।

यसैगरी उनले उद्धार तथा राहत कार्यमा जुट्न सरकारसँग विशेष आग्रह गरे । ‘सरकारका सबै अङ्गहरू खासगरी सुरक्षा निकायहरूको व्यवस्थित परिचालन, सम्बन्धित मन्त्रालय र निकायको व्यवस्थित र समन्वयात्मक परिचालन आवश्यक छ । यस दिशामा यथोचित ध्यान दिन सरकारसित विशेष आग्रह छ । साथै बाढीपहिरोमा परी बेपत्ताहरूको अविलम्ब खोजी र घाइतेहरूको उपचारमा सरकारको ध्यान दिन आग्रह छ’, विज्ञप्तिमा भनिएको छ ।

अन्य सबै पार्टी तथा सामाजिक सङ्गठन-संस्थाहरूलाई पनि यस काममा परिचालित हुन अनुरोध गरिएको छ । आमनागरिकलाई पनि आवतजावतमा विशेष सतर्कता अपनाउन उनले भनेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ९ : ३५ बजे

नेपालमा एमसीसी परियोजना जारी रहने

काठमाडौं– संयुक्त राज्य अमेरिकाले ९० दिनको वैदेशिक सहायता रोक्ने निर्णयलाई

दर्शकसँग चिनाउने निर्देशकसँग १० वर्षपछि दोस्रो सहकार्य गर्दै प्रदीप

काठमाडौं – नायक प्रदीप खड्का र निर्देशक सुदर्शन थापाले फेरि

३० दिने सिप मेला टुँडिखेलमा जारी, स्वरोजगारतर्फ महानगरको ठोस पहल (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाद्वारा टुँडिखेलमा आयोजित सिप मेला-२०८२ को ३० दिने

ट्रम्पलाई खामेनीको जवाफ- इरानी आत्मसमर्पण गर्नेमा पर्दैनन् 

काठमाडौं– इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ