बाढीपहिरोले खोटाङमा २७ घर पुरिए « Khabarhub

बाढीपहिरोले खोटाङमा २७ घर पुरिए


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

खोटाङ – अविरल वर्षासँगै आएको बाढी तथा पहिराले खोटाङमा २७ घर बगाएको छ । तीन दिनदेखि लगातार परेको भीषण वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढी तथा पहिरोले २७ वटा घर पूर्णरुपमा बगाएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

उनले बाढीपहिरोका कारण हालसम्म मानवीय क्षति नभए पनि दुईजना घाइते भएका, आठवटा पशुचौपाया पुरिएका बताए । “बाढीपहिराले हालसम्म मानवीय क्षति नभए पनि जिल्लामा ठूलो क्षति गरेको छ । अझै पनि वर्षा भइरहेकाले सतर्कता अपनाउन र बाढीपहिरोबाट विस्थापितको उद्धारमा जिल्लास्थित तीनवटै सुरक्षा निकायका टोली परिचालन गरिएका छन्”, प्रजिअ कार्कीले भने ।

पहिरोले घरबारविहीन भएका स्थानीयलाई नजिकको विद्यालय तथा आफन्तकामा सारिएको जनाइएको छ । पहिरोले घर बगाएपछि करोडौँको क्षति व्यहोरेका स्थानीय बासिन्दालाई राहत उपलब्ध गराउन सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने काम भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

भीषण बाढीका कारण खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटार पुल बगाएको छ । पुल बगाएपछि पूर्वी तराईसँगको यातायात सम्पर्क विच्छेद भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क डिजाइनको मोटरेबल पुलसमेत बगाएपछि यातायात अवरुद्ध भएको हो ।

अविरल वर्षाका कारण जिल्लाका सबै सडक अवरुद्ध भएको जनाइएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडकका विभिन्न ठाउँमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएपछि यात्रुहरू समस्यामा परेका खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए ।

भीषण बाढीले दूधकोशी तथा सुनकोशी आसपासका स्थानीय बासिन्दा जोखिममा परेका छन् । सुनकोशीमा ४० वर्षयताकै ठूलो बाढी आएको हलेसी तुवाचु नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष फौदराज राईले जानकारी दिए ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : ३४ बजे

कांग्रेसद्वारा विपद् व्यवस्थापनका लागि रणनीतिक परिचालन टोली गठन

काठमाडौं- नेपाली कांग्रेसले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन रणनीतिक

कांग्रेस संसदीय बैठक : सुनसरीलगायतका घटनाको न्यायिक छानबिनको माग

काठमाडौं- नेपाली कांग्रेसले सुनसरीलगायत विभिन्न स्थानमा भएका घटनाको निष्पक्ष र स्वतन्त्र

कक्रोचको बलमा जनसुराजले उठायो टाउको, नेतालाई सल्लाह दिने पीकेले तोडे भाजपाको किल्ला

काठमाडौं- भारत बिहार राज्यको बाँकीपुरमा भाजपाको गढ भत्काउँदै वैकल्पिक राजनीतिक

जनार्दनको पहलमा छुट्टै राजनीतिक मोर्चा : उपेन्द्र, प्रभु, सीके र रेशमसमेत जोडिँदै

काठमाडौं- जनार्दन शर्माले मधेशवादी दलहरूसँग सहकार्य गर्ने भएका छन्। नेकपा

अर्थसंक्षेप : बजारमा ग्यासको हाहाकार, महँगी नियन्त्रण गर्न नसक्दा सरकारको आलोचना र राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षणराष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक