एसडी योगी र रेश्मा पुनको स्वरमा ‘पिङ्की पियारी’ सार्वजनिक « Khabarhub

एसडी योगी र रेश्मा पुनको स्वरमा ‘पिङ्की पियारी’ सार्वजनिक


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक एसडी योगी र गायिका रेश्मा पुनको स्वरमा नयाँ गीत ‘पिङ्की पियारी’ भिडियोसहित सार्वजनिक भएको छ । विनोद घर्ती मगरले निर्माण गरेको यस गीतको शब्द राम अविरल बिस्टले लेखेका हुन् भने सङ्गीत एसडी योगी स्वयंको छ ।

भिडियोमा अलिसा शर्मा र अस्मिक लम्सालले अभिनय गरेका छन् । भिडियोमा एक युवकले डान्स क्लबबाट नृत्याङ्गनालाई लिएर भाग्दै गरेको कथा देखाइएको छ ।

भिडियोको निर्देशन शान थापाले गरेका छन् । जसमा राजीव सुनारले कोरियोग्राफी गरेका छन् भने, सहायक कोरियोग्राफर रोशन विश्वकर्मा हुन् ।

भिडियोको सम्पादन विवेक सुनार, छायाङ्कन अजय रेग्मी र रङ्ग संयोजन सुप्रिम पराजुलीले गरेका छन् ।

निर्माण पक्षले गीत सार्वजनिक भएसँगै दर्शकका लागि उपहार योजना पनि घोषणा गरेको छ ।

निर्माता विनोद घर्ती मगरका अनुसार, टिकटक, इन्स्टाग्राम र फेसबुक रिल्सहरूमा यस गीतको भिडियो बनाएर सर्वाधिक भ्युज पाउने क्रिएटरलाई एक स्मार्टफोन उपहार दिइनेछ । कात्तिक २५ गते उपहार प्रदान गरिने बताइएको छ ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १२ : ३६ बजे

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र

बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ – बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको

जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ – शनिबार रातिदेखि परेको अविरल वर्षा तथा हिमपातका कारण