‘रिमै’को छायांकनका लागि अमेरिकाबाट आइन् ‘कबड्डकी मैयाँ’ | Khabarhub Khabarhub

‘रिमै’को छायांकनका लागि अमेरिकाबाट आइन् ‘कबड्डकी मैयाँ’


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘कबड्डी’ श्रृखंलामा ‘मैयाँ’को भूमिकाबाट चर्चामा आएकी रेश्मा गुरुङ छायाङ्कनमा सहभागी हुन नेपाल आएकी छन् ।

असोज अन्तिमबाट छायांकन हुने फिल्म ‘रिमै’का लागि उनी आइतबार अमेरिकाबाट काठमाडौं आइपुगेकी हुन् ।

त्रिभुवन विमानस्थल परिसरमा सञ्चारकर्मीसँगको कुराकानीमा रेश्माले राम्रो कथा र नायकहरुका कारण फिल्ममा काम गर्न उत्साहित रहेको बताइन् ।

भनिन्, ‘विशेषगरी फिल्म गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेकाले पनि काम गर्न तयार भएकी हुँ । सिनेमाको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल भएकाले पनि काम गर्न उत्साहित छु ।’

अमेरिकामा बसोबास गर्दै आए पनि फिल्मबाट टाढा नरहेको उनले बताइन्। प्राविधिक कारणले आफ्नो फिल्म प्रदर्शनमा नआउँदा लामो समय हलमा दर्शकले देख्न नपाएको उनी स्वीकार गर्छिन् ।

भन्छिन्, ‘मैले केही वर्षअघि मात्रै एक फिल्ममा काम गरेकी थिएँ। त्यो सिनेमा अहिलेसम्म प्रदर्शनमा आएको छैन । त्यसैले लामो ग्याप देखियो ।’

रेश्माले विसं २०७७ को अन्तिमदेखि छायाङ्कन सुरु भएको फिल्म ‘क्रसरोड’मा काम गरेकी थिइन् । उक्त फिल्म प्रदर्शनमा आएको छैन ।

‘रिमै’मा रेश्मा, सौगात, दयाहाङसहित कविता आले र माओत्से गुरुङको मुख्य भूमिका रहनेछ । यी कलाकारहरुको ‘कबड्डी श्रृखंलामा पनि अभिनय रहेको छ ।

निर्माण पक्षका अनुसार आगामी घटस्थापनामा फिल्मको शुभमुहूर्त हुनेछ । असोज २८ गतेदेखि गोरखाको सिरानचोकबाट छायांकन सुरु हुनेछ ।

उपेन्द्र सुब्बाले लेखेको यस फिल्मको निर्देशन खिलबहादुर गुरुङ गर्नेछन् । निर्माता वीरबहादुर घलेले हुन् ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १२ : २८ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते