अ‍मेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास नहुने संकेत « Khabarhub

अ‍मेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास नहुने संकेत


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अ‍मेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास नहुने संकेत देखाएका छन् ।

भियतनामको राजधानी हनोईमा भएको ट्रम्प–किमबीचको दोस्रो वार्ता बिना निष्कर्ष टुंगिएपछि राष्ट्रपति ट्रम्पले दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गर्ने घोषणा गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले फ्रान्सको राजधानी पेरिसमा जारी जी–७ समिटका क्रममा दिएको अभिव्यक्तिले तत्कालका लागि अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास टर्ने सम्भावना देखिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार राष्ट्रपति ट्रम्पले सैन्य अभ्यास ‘अनावश्यक’ र ‘पूर्णरुपमा पैसा खर्चमात्र’ हुने निष्कर्ष निकालेका छन् ।

उनले भनेका छन, “म मेरा सम्पूर्ण जनतालाई भन्छु कि यदि तपाईंले यो आवश्यक छ र उनीहरु संयुक्त सैन्य अभ्यास गरुन् भन्‍ने चाहना राख्नुहुन्छ भने संयुक्त अभ्यास हुनसक्छ यसमा कुनै हस्तक्षेप हुँदैन। तर, मरो विचारमा यो ‘अनावश्यक’ खर्च मात्र हो । मलाई स्पष्टरुपमा लाग्छ कि यो अनावश्यक हो ।”

उत्तर कोरियाले समेत अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास नगर्न चेतावनी दिँदै आएको छ । उत्तर कोरियाले यूएस–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासको कार्यक्रम स्थगित नगरेसम्म कुनै पनि प्रकारको संवाद नगर्ने अडानसहित बारम्बर न्युक्लियर मिसाइल प्रक्षेपण गर्दै चेतावनी दिइरहेको छ ।

उत्तर कोरियाले गत शनिबार पनि दुई मिसाइल परीक्षण गरेको थियो । राष्ट्रपति ट्रम्पले भने उत्तर कोरियाको पछिल्लो आणविक परीक्षणले कुनै समझदारीको उल्लंघन नगरेको दोहोर्‍याइरहेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ७ : १५ बजे

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

नौवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न नौ वटा संसदीय समितिको

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा भारी वर्षाको सम्भावन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल