लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा « Khabarhub

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ ।

१५ महिनाभन्दा कम उमेरका बालबालिकालाई राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज एक कार्यक्रमकाबीच प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका हुन्  । 

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०-८१ रणनीति अनुसार १६ देखि ५९ महिनाका एक सय ३० शून्य मात्राका र दुई हजार तीन सय ४३ खोप लगाउन छुटेका बालबालिकालाई खोजी गरेर पूर्ण खोप लगाइएको छ । 

लुम्बिनी प्रदेशमा दुई लाख ६२ हजार आठ सय ५६ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित गरिएपछि पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । 

घोषणा कार्यक्रममा स्वास्थ्यमन्त्री खेम सारुलगायत स्थानीय तहका प्रमुख तथा उपप्रमुखको सहभागिता थियो ।

बालबालिकालाई विभिन्न सरुवा रोगविरुद्ध खोप लगाइँदै आएको छ । क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बि, हेमोफिलस इन्फ्लुएन्जा बी, पोलियो, दादुरा, रुबेला, न्यूमोनिया, मेनिन्जाइटिस, जापानिज इन्सेफलाइटिस, टाइफाइड, रोटा भाइरसबाट हुने झाडापखालाविरुद्ध खोप उपलब्ध गराउँदै आइएको हो । 

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  २ : ३३ बजे

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा

ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग

वीरगञ्ज- सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा