पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२ जना घाइते « Khabarhub

पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२ जना घाइते


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

त्रिशूलीछहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा आज माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए।

उनका अनुसार काठमाडौँबाट नुवाकोट हुँदै पोखरा जाँदै गरेको माइक्रोबस अपरान्ह एक बजे अदुवारीमोडमा अनियन्त्रित हुँदा सडकबाट अन्दाजी ५० मिटर तल पुगेको घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

उनका अनुसार उक्त गाडीमा १८ जना सवारिमध्ये गम्भीर दुईसहित १२ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । पृथ्वीराजमार्ग कम्पनी प्रालिमार्फत सञ्चालित ग १ ख ४५३५ नं. माइक्रोबस धादिङको विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौँको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो । 

प्रहरीका अनुसार दुर्घटनास्थलमा ठूलोभीर भएपनि मौवाको रुखमा गाडी अड्किएकाले ठूलो क्षति हुनबाट जोगिएको हो । 

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  २ : ४३ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल मंसिर २८ गते आइतबार तदनुसार

२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २८ गते आइतबार तदनुसार

पदाधिकारी व्यवस्थापन गर्न ओलीलाई मुस्किल, असन्तुष्ट तान्ने दाउमा पोखरेल

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशनमा उद्घाटन शत्र सकिएपछि नयाँ

एनपीएलः रोहितले जिते कार, अरूले के पाए ?

काठमाडौं – लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग

‘हाइकिङ’ जाँदा अस्वस्थ भएका भारतीय राजदूतको हेलिकप्टरबाट उद्धारपछि उपचार

काठमाडौं – ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि नेपालका लागि भारतीय राजदूत