बाढीले बेहाल नख्खु क्षेत्र, लेदो र माटोले भरिए घर (तस्बिरहरू) « Khabarhub

बाढीले बेहाल नख्खु क्षेत्र, लेदो र माटोले भरिए घर (तस्बिरहरू)


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही शुक्रबार र शनिबार आएको बाढीका कारण काठमाडौं उपत्यकामा सबैभन्दा क्षति ललितपुर जिल्लामा भएको छ ।

यो जिल्लामा हालसम्म ३१ जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । ललितपुरमा खासगरी नख्खु खोलाको बाढीले ठूलो क्षति गरेको छ ।

अविरल वर्षापछि नख्खु खोलामा उर्लिएको बाढी पस्दा करिडोर क्षेत्रका कुनै पनि घर तत्काल बस्नलायक रहेका छैनन् ।

करिडोरका एकतले घरभरी माटो र लेदो भरिएको छ । टिनका घरहरू प्राय: सबैलाई बाढीले बगाएको छ । पक्की घर पनि बस्नै नमिल्ने अवस्थामा छन् ।

आइतबारबाट पानी पर्न रोकिएसँगै यस क्षेत्रका मानिसहरू घरभरी भरिएको माटो र लेदो सफा गर्न संघर्ष गरिरहेका छन् ।

बाढीले क्षति गरेर जोगिएका सामानहरू अहिले त्यसक्षेत्रका बासिन्दा धमाधम सुरक्षित स्थानतर्फ सारिरहेका छन् । घरमा पसेको लेदो र माटो व्यवस्थापन गर्न यस क्षेत्रका बासिन्दालाई हम्मे हम्मे परेको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ४ : १७ बजे

अष्ट्रेलियामा पाँच हजार लिटिल पेन्गुइनलाई बर्ड फ्लुविरुद्ध खोप लगाइँदै

मेलबर्न- अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एच–५ एन–१ बर्ड फ्लुको जोखिमबाट लिटिल पेन्गुइनलाई

२६ सय तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो दिनको सेयर कारोबारसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सरकारलाई मनिष झाले भने : गरिबको मात्रै घरटहरा नभत्काइयोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा

ऐन महरले भने- ठक्कर दिई ब्याक गरी किचेर मार्नेलाई कडा कारबाही गरियोस् 

काठमाडौं– नेकपा (एमाले) का सांसद ऐन बहादुर महरले कैलालीको अत्तरियामा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

महेन्द्रनगर– मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।