केही सडक आंशिक खुले, केही अझै अवरुद्ध  « Khabarhub

केही सडक आंशिक खुले, केही अझै अवरुद्ध 


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक प्रहरीले ललितपुरको नख्खुडोलमा रहेको पुल भाँचिएकाले सवारी आवागमन बन्द भएको जनाएको छ । काठमाडौँको चोभार गेट हुँदै  चल्ने सवारी  साधनको आवागमनमा प्रभाव परेको  जनाइएको छ । 

सडकमा जमेको हिलो पन्छाएर आवागमन सहज बनाउने प्रयास भइरहेको छ । यसबाहेक काठमाडौं उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको छ ।

यस्तै, विभिन्न स्थानमा खसेको पहिरोको कारण बीपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको आवतजावत भने ठप्प रहेको छ । अरनिको राजमार्ग पनि सञ्चालनमा आउन सकेको छैन ।

धादिङको गजुरी गाउँपालिका– २ परेवा भीरमा खसेको सुख्खा पहिरो केही पन्छाएसँगै सवारी साधन एक लेनमा आलोपालो चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । जसले गर्दा उक्त स्थान  हुँदै चल्ने सवारी साधन ‘क्यु’मा चलिरहेका छन् ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिमको दाउन्नेस्थित खुर्सानीखोलामा सडक भासिएकाले पूर्वपश्चिम राजमार्ग हुँदै चल्ने सवारी साधन प्रभावित भएका छन् । अहिले सडक मर्मत गरेर एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको छ ।

रसुवा जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा अवरुद्ध भएको पासाङ ल्हामु राजमार्गमा एकतर्फी रुपमा सवारी साधन चल्न थालेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ९ : ५८ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक