उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणबाट जापान सतर्क | Khabarhub Khabarhub

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणबाट जापान सतर्क


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियाले लगातार गरेका क्षेप्यास्त्र परीक्षणबाट जापान सतर्क हुन थालेको छ । जापानका रक्षामन्त्री ताकेशी इवायाले उत्तर कोरियाले जापानको ब्यालिस्टिक क्षेप्यास्त्र कवच भेदन गर्ने वारहेडहरू विकसित गरिरहेको पनि बताएका छन् ।

इवायाका अनुसार प्योङयाङका तफर्बबाट हालैका दिनमा गरिएका क्षेप्यास्त्र प्रक्षेपण छोटो दूरीका ब्यालिस्टिक मिसाइल भएको विश्वास गरिएको छ ।

क्षेप्यास्त्रहरू अनियमित मार्ग भएर समुद्रमा विसर्जन गरिएकोले जापान सतर्क भएको हो । तर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यी प्रक्षेपणहरू महत्त्वपूर्ण नभएको प्रतिक्रिया दिएका छन् ।

शनिवार मात्र उत्तर कोरियाले छोटो दूरीका दुई क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले पुष्टि गरेको छ । सउलले टोक्योसँग सैन्य सूचना आदानप्रदान सम्झौता अन्त्य गरेको बताएको भोलिपल्ट क्षेप्यास्त्र परीक्षण गरिएको हो ।

उत्तर कोरियाले तेर्स्याउने जोखिम बढ्दै जाँदा सउलले तर्कहीन निर्णय लिएको इवाया तथा अन्य जापानी अधिकारीहरूले बताए ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ९ : ३० बजे

माधवको धर्मसंकट : नैतिकता देखाउने कि ‘लिसो’ बन्ने ?

काठमाडौं- नेपालको समकालीन राजनीतिमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

मस्को– कुर्स्क क्षेत्रमा जारी भिडन्तका क्रममा नौसेनाका उप-कमाण्डरका रुपमा कार्यरत

 भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्छौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

मेड्रिड– स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज