बीपी राजमार्गको नेपालथोकमा अस्थायी ट्रयाक खोल्न थालियो | Khabarhub Khabarhub

बीपी राजमार्गको नेपालथोकमा अस्थायी ट्रयाक खोल्न थालियो


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नेपालथोकमा शनिबार आएको रोशी खोलाको बाढीले सडक बगाएपछि अस्थायी ट्रयाक खोल्न थालिएको छ ।

सडक विभागले मंगलबारदेखि बीपी राजमार्गको नेपालथोकबाट सडकको अस्थायी ट्र्याक खोल्न थालेको हो । त्यसका लागि रोशी खोलाभित्रै डोजर परिचालन गरिएको छ ।

पहिले डोजरले रोशीको बहावलाई पूर्वतर्फ धकेलेपछि नदीको पश्चिम किनाराबाट अस्थायी ट्रयाक खोल्न लागिएको हो । नेपालथोकमा रोशीले बीपी राजमार्गको दुई सय मिटरभन्दा धेरै सडक पूरै बगाएर लगेको छ । बीपी राजमार्गमा रोशीले यहाँ सबैभन्दा धेरै क्षति गरेको छ

सडक विभागकाअनुसा महोत्तरीको बर्दीबासदेखि नेपालथोकसम्मको सडक आइतबारदेखि नै खुलेको छ । तर नेपालथोकदेखि काठमाडौंतर्फको सडक १० भन्दा धेरै ठाउँमा पूरै ध्वस्त भएको छ ।

रोशी–नेपालथोक खण्डमा दुई हजार ५० मिटर सडकको नदीमै मिसिएको छ । त्यहाँ मानिससमेत हिँड्न सक्ने अवस्था छैन ।

सडक विभागले यातायात सञ्चालन गर्न नयाँ ट्र्याक नै खोल्नुपर्ने निष्कर्ष निकालेको छ। विभागले तिहारसम्म ट्र्याक खोलेर यातायात सञ्चालन गर्न सकिने अनुमान गरेको छ।

सडक विभागले धुलिखेल–भकुन्डेबेँसी खण्ड पनि सोमबार साँझदेखि सञ्चालनमा ल्याएको छ । तर रोशी–नेपालथोक खण्डको सडक ठाउँ ठाउँमा पूरै क्षतविक्षत भएकाले यस पटकको दशैँमा काठमाडौंबाट यो मार्ग हुँदै मधेश र पूर्वी नेपाल जान असम्भव भएको हो ।

रोशीखोलाले बीपी मार्गको नेपालथोक सडकखण्डमा प्रहरी चौकीभन्दा एक सय मिटरमाथिको सडक पूरै झारेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १ : ०३ बजे

पाकिस्तानमा संसद्सँग कुनै अधिकार छैन : एमक्यूएम प्रमुख हुसैन

काठमाडौँ– पाकिस्तानको मुत्थैदा कोमी मुभमेन्ट (एमक्यूएम) पार्टीका प्रमुख अल्ताफ हुसैनले

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण

नाबालिगलाई यातना दिएको आरोपमा पाकिस्तानमा प्रहरी अधिकारी पक्राउ

काठमाडौं– पाकिस्तानमा नाबालिगलाई दुर्व्यवहार गरेको आरोपमा एक जना प्रहरी अधिकारी

गगनसहितका सांसदहरूले गरे आलोचना, सरकार पूर्वतयारीमा चुकेको जिकिर

काठमाडौं- सत्तारुढ दलकै सांसदहरूले प्राकृतिक विपत्को पूर्वतयारी र उद्धारका काम

गुगल भारतमा थप अवसरको खोजीमा छ : प्रमुख कार्यकारी पिचाइ

काठमाडौँ– गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाइले आफ्नो कम्पनीले भारतमा थप