एमालेले बाढीपहिरो पीडितको राहत र पुनर्स्थापना गर्न जनप्रतिनिधि खटाउने « Khabarhub

एमालेले बाढीपहिरो पीडितको राहत र पुनर्स्थापना गर्न जनप्रतिनिधि खटाउने


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ दल नेकपा एमालेले प्राकृतिक प्रकोपका बेला पार्टीका जनप्रतिनिधिलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले बाढी-पहिरो र डुबानबाट पीडित भएकालाई राहत तथा पुन:स्थापनाका लागि जनप्रतिनिधिलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय गरेको एमाले सचेतक सुनिता बरालले बताइन् ।

बैठकले सांसदहरूको आधा महिनाको तलब सरकारको विपद्कोषमा जम्मा गर्ने निर्णय गरेको पनि बरालले जानकारी दिइन् ।

संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसंघमा विगतको भन्दा नेपालको उपस्थिति र प्रस्तुति प्रभावकारी रहेको दाबी गरे ।

उनले त्यसक्रममा विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखसँग भेटवार्ता गरेको जानकारी गराएको बरालले उल्लेख गरेकी छन्।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  २ : ५२ बजे

हर्मुज खोल्ने इरानी प्रस्ताव अमेरिकाद्वारा अस्वीकार

न्युयोर्क– संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पुनः खोल्ने इरानको प्रस्ताव अस्वीकार

भारतमा बाढीमा ६२ जनाको मृत्यु, हजारौँ प्रभावित

लखनऊ– भारतको उत्तरी राज्य उत्तर प्रदेशमा तीन दिनदेखि परेको भारी

दुर्गा प्रसाईँ फेरि पक्राउ

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई फेरि पक्राउ परेका छन् । 

बिपी राजमार्ग खुलाउने प्रयास जारी

बनेपा– पछिल्लो चार दिनको निरन्तर वर्षाका कारण पहिरो तथा रोशी नदीको

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक