दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली « Khabarhub

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं  दक्षिण सुडानस्थित संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा तैनाथ तारादल गण (शान्ति सेना) तेह्रौँ डफ्फालाई बदली गर्न खटिएको श्रीनाथ गण (शान्ति सेना) चौधौँ डफ्फाका १७५ जना शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी पूर्ण बहादुर चन्दको नेतृत्वमा संयुक्त राष्ट्र सङ्घको चार्टर्ड विमानद्वारा मिसन इलाकातर्फ प्रस्थान गरेका छन् । 

गणपति, प्रमुख सेनानी सुरेश देवकोटाको कमान्डमा रहेको सो गणका ५२५ जना शान्ति सैनिक यस अगावै मिसन इलाका पुगिसकेका छन् ।

सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी तारादल गण (शान्ति सेना) तेह्रौँ डफ्फाका १७५ जना शान्ति सैनिकहरूको अन्तिम टोली गणपति, प्रमुख सेनानी अनिल केसीको नेतृत्वमा आश्‍विन १४ गते स्वदेश फिर्ता भएका छन् ।

दक्षिण सुडानमा रहेको संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा नेपाली सेनाको दुई वटा गण, एउटा गुल्म सहित कुल १७५६ जना शान्ति सैनिक कार्यरत छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ३ : ०६ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन