शेयर बजारमा उछाल, ११४ अंकले बढ्यो नेप्से, कारोबार कति ? « Khabarhub

शेयर बजारमा उछाल, ११४ अंकले बढ्यो नेप्से, कारोबार कति ?


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मंगलबार शेयर बजारमा उछाल आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११४.७० अंकले बढेर बजारमा उछाल आएको हो । नेप्से ४.५७ प्रतिशतले बढेर २६२३.५६ विन्दुमा पुगेको छ । 

आज कारोबारमा पनि रौनक देखिएको छ । ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर किनबेच भएको छ । 

मंगलबार २४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३०७ वटा कम्पनीको कारोबार भएको छ । मंगलबार ९६ हजार ९०६ पटक शेयर किनबेच भएको छ । मंगलबार ३६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

आज समूहमध्ये सबै समूहमा हरियाली देखिएको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ९.७४ प्रतिशतले बढेर ३ हजार १०१.५३ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह १.६६ प्रतिशतले बढेर २०.६८ विन्दुमा पुगेको छ । 

त्यस्तै वाणिज्य बैंक समूह ३.८२ प्रतिशतले, विकास बैंक ५.४८ प्रतिशतले, होटल एण्ड टुरिजम ५.९७ प्रतिशतले, हाइड्रोपावर ५.९८ प्रतिशतले, लगानी ६.१० प्रतिशतले, जीवन बीमा ४.१२ प्रतिशतले, उत्पादन तथा प्रशोधन २.१९ प्रतिशतले, लघुवित्त ३.९८ प्रतिशतले, निर्जीवन बीमा ३.०९ प्रतिशतले, अन्य समूह ४.६७ प्रतिशतले र ट्रेडिङ समूह ३.९९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ३ : १४ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि