प्रचण्ड भन्छन्- संकटको बेला सत्तापक्ष र प्रतिपक्ष नभनी हातेमालो गरौँ « Khabarhub

प्रचण्ड भन्छन्- संकटको बेला सत्तापक्ष र प्रतिपक्ष नभनी हातेमालो गरौँ


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले विपत् व्यवस्थापनमा कमजोरीको गम्भीर समीक्षा गर्दै पुनर्स्थापना र पुनर्निर्माणलाई युद्धस्तर अघि बढाउन आग्रह गरेका छन् ।

प्राकृतिक विपत्तिमा परेका नागरिकको लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि माओवादी केन्द्रले सुरु गरेको स्वयम्सेवक परिचालन अभियानको बल्खुको सुकुम्बासी बस्तीमा उद्घाटन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

मौसमको पूर्वानुमान हुँदाहुँदै सरकार विपत् व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको उनले बताए ।

प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले यो संकटको बेलामा सत्ता पक्ष-विपक्ष नभनी आमजनतासँग हातेमालो गरेर राहत र पुनर्स्थापनामा जुट्न आग्रह गरे ।

२०७२ सालको भूकम्पका बेला पनि आफूले प्रतिपक्षी दलको नेताकै रुपमा संविधान निर्माण र पुनर्निर्माणको नेतृत्व गरेको उनले उल्लेख गरे ।

उनले यसपटक पनि जनताको पीडा र दु:खमा साथ दिन पूर्णरुपमा लाग्ने प्रतिबद्धता जनाएका छन् । बल्खुको जागरण टोलमा ४ सय १७ घरका झण्डै चार बढी नागरिक प्रभावित छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ३ : २० बजे

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल