उपेन्द्र यादव चिली जाँदै, समाजवादी विश्व सम्मेलनमा सहभागी हुने « Khabarhub

उपेन्द्र यादव चिली जाँदै, समाजवादी विश्व सम्मेलनमा सहभागी हुने


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष माननीय उपेन्द्र यादव भोलि (बुधबार) कतार एयरलाइन्सको विभागबाट मध्यराति दक्षिण अमेरिकाको चिली जाँदै छन् ।

चिलीको स्यान्टियागोमा सबै महादेशका विभिन्न मुलुकहरूका प्रगतिशील, सामाजिक लोकतान्त्रिक, श्रमिक र समाजवादी पार्टीहरूको अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिभ एलाइन्सको आयोजनामा हुन लागेको विश्व सम्मेलनमा सहभागी हुन अध्यक्ष यादव त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

अक्टोबर ५ र ६ तारिखमा आयोजना हुने थर्ड ग्लोबल कन्भेन्सन अफ दि प्रोग्रेसिभ एलाइन्सको उक्त सम्मेलनमा अध्यक्ष यादवको नेतृत्वमा जसपा नेपालको अन्तर्राष्ट्रिय विभाग प्रमुख अर्जुन थापासहितको प्रतिनिधिमण्डल समेत चिली प्रस्थान गर्न लागेको हो ।

अध्यक्ष यादवसहितको उक्त प्रतिनिधिमण्डल असोज २४ गते राति कतार एयरलाइन्सबाट स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ३ : ४२ बजे

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार