सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश « Khabarhub

सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ- इमेज सहकारी संस्थाको करोडौं बचत रकम ठगी प्रकरणमा प्रक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली थुनामा गएका छन् ।

बागलुङ जिल्ला अदालतमा मंगलबार भएको सुनुवाइपछि न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

आइतबारदेखि जारी बयान सकिएपछि मंगलबार भएको सुनुवाइका क्रममा फरार भएको १६ महिनापछि भारतको दिल्लीमा पक्राउ परेका नेपालीलाई थुनामा पठाउने आदेश भएको हो ।

इमेज सहकारीकै बचत ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई भने अदालतले  एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनलाई प्रहरीले सोमबार अदालतमा उपस्थित गराएको थियो।

बागलुङ बजारमा मुख्य कार्यालय, बुर्तिबाङ र गलकोटमा सेवा केन्द्रका नाममा गैरकानुनी कारोबार गरेको इमेज सहकारीका संस्थापक अध्यक्ष नेपाली १६ महिनादेखि फरार थिए ।

बचत घर र जग्गामा हालेका उनी सहकारी संकटमा परेपछि फरार भएका थिए । उनले बचतकर्ताको रकम फिर्ता गर्ने लिखित सहमति बाग्लुङ र पोखरामा गरेपछि फरार भएका थिए ।

२०८० जेठ ५ गतेदेखि मेयर नेपाली श्रीमतीसहित फरार भएका थिए । उनी फरार भएलपछी २०८० जेठ १६ गते प्रहरीले उजुरी दिन बचतकर्तालाई भनेको थियो । नेपालीविरुद्ध १२ माघ ०८० मा रेडकर्नर नोटिस जारी भएको थियो । त्यसपछि उनी अन्तर्राष्ट्रिय प्रहरी संगठनको पनि खोजीको सूचीमा थिए ।

फरार रहेर लुक्दै आएका उनी यही असोज ११ गते भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका थिए । उनले यो सहकारीको एक अर्ब ८० करोड ठगी गरेर फरार भएका थिए ।

नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिलाई हुलाकमार्फत पत्र पठाउँदै मुद्दा फिर्ता लिएर ऋण तिर्ने वातावरण नबाइदिन आग्रह गरेका थिए ।

उनीविरुद्ध सहकारी बचत रकम अपचलन अभियोगमा मुद्दा अघि बढेसँगै जेल चलान भएका हुन्। यसअघि महान्यायाधिवक्ताको कार्यालयले बैंकिङ कसुर र सहकारी ऐनअन्तर्गतका मुद्दामा ऋण तिरेको खण्डमा मिलापत्र गर्न सकिने व्यवस्था गरेको थियो । त्यो व्यवस्थासँगै उनी पक्राउ परेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ६ : ४२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित