एक लाख धरौटीमा छुटे दुर्गा प्रसाईं, समर्थकले गरे स्वागत (तस्बिरहरू) | Khabarhub Khabarhub

एक लाख धरौटीमा छुटे दुर्गा प्रसाईं, समर्थकले गरे स्वागत (तस्बिरहरू)


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं जिल्ला अदालतले बीएन्डसी मेडिकल कलेजका मालिक दुर्गा प्रसाईंलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलाशले प्रसाईंलाई मंगलबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाको चरित्र हत्या हुनेगरी सार्वजनिक अभिव्यक्ति दिएपछि साइबर अपराधको आरोपमा पक्राउ गरिएको थियो । अदालतको आदेशसँगै प्रसाईं मंगलबार नै धरौटी बुझाएर रिहा भएका छन् ।

प्रसाईंको मुद्दामा काठमाडौं जिल्ला अदालतमा सुनुवाइ भइरहँदा बाहिर सयौँ समर्थक कुरेर बसेका थिए । अदालतमा धरौटी बुझाएर रिहा भएपछि उनले समर्थकलाई माइतीघर मण्डलमा सम्बोधन गरे।

प्रसाईंलाई समर्थकले फूलमाला र खादा लगाएर स्वागत गरेका थिए । प्रसाईंविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला अदालत काठमाडौमा दुईवटा मुद्दा दायर गरेको थियो ।

प्रसाईविरुद्ध सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको थियो भने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो । यी मुद्दामा प्रसाईलाई अधिकतम ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको माग गरिएको थियो ।

तर ती दुवै मुद्दामा सुनुवाइ गर्दै अदालतले उनलाई धरौटीमा छाडेको हो । प्रसाईंलाई यही असोज ६ मा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।

तस्बिरहरू : नेपाल फोटो पुस्तकालय

 

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ७ : १७ बजे

माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर

ताप्लेजुङ गोल्डकप : आज रेड स्टार र सहलेश भिड्दै

ताप्लेजुङ– ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत

रिडी–तम्घास सडक अवरुद्ध

गुल्मी– मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास खण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा

विदेश उड्दाको आकाशदेखि फर्कदाको बाकससम्म बेथिति

नेपाल यस्तो देश हो, जसले युवा बेचेर उनीहरुले पठाएको विप्रेषणमा

काठमाडौं प्रहरी परिसरमा बैंकिङ कसुरका मुद्दा बढी

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको