अखिल क्रान्तिकारीमा उमेर हदको अड्को : स्थगित गरियो बन्दसत्र, अब प्रचण्डले हस्तक्षेप गर्ने « Khabarhub

अखिल क्रान्तिकारीमा उमेर हदको अड्को : स्थगित गरियो बन्दसत्र, अब प्रचण्डले हस्तक्षेप गर्ने


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जारी २३औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र बुधबारलाई स्थगन गरिएको छ ।

बन्दसत्र असोज १७ गते बिहान १० बजे फेरि सञ्चालन गरिने अखिल क्रान्तिकारीको अध्यक्षमण्डलले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

असोज १० गते उद्घाटन भएको सम्मेलन उमेर हदको विषयमा विवाद बढेपछि अन्योलमा परेको छ ।

विवाद मिलाउन माओवादी केन्द्रले पार्टीका उपमहासचिव शक्ति बस्नेतलाई खटाएको छ । क्रान्तिकारीको महाधिवेशनमा भद्रगोल भएपछि अब पार्टीले हस्तक्षेप गर्ने तयारी गरेको छ ।

गत बिहीबारदेखि सुरु महाधिवेशनको एक साता हुँदा पनि नेतृत्व चयनको निर्वाचन प्रक्रियामा जान सकेको छैन । संगठनमा उमेर हदबारेको विवाद चुलिएपछि महाधिवेशन नै अन्योलमा छ ।

यसअघि पार्टीको निर्देशनमा मंगलबार उमेर हदको विवाद मतदानबाट टुंगाउने तयारी गरिए पनि गुटको विवादका करण निर्वाचन प्रक्रिया सुरु हुन सकेन ।

उमेर हद विवाद टुंगिन नसकेपछि नेतृत्व चयन त धेरै पछाडि परेको महाधिवेशनमा सहभागी प्रतिनिधिले बताएका छन् । कयौं प्रतिनिधि त महाधिवेशन अन्योल बनेपछि फर्किन थालेका छन् ।

अखिल क्रान्तिकारीमा नेताहरुको उमेर हद २८, ३० वा ३२ वर्षे राख्ने भन्ने विवाद छ । उमेर हद लागु भएमा अहिले नेतृत्वको दाबी गरेका लगभग सबै नेताहरूको विद्यार्थी राजनीति समाप्त हुने बताइएको छ । आफ्नो राजनीतिक करिअर नै सकिने भएपछि धेरै सिनियर नेताहरू उमेर हदको विपक्षमा छन् ।

उमेर हदको विवादमा आपसमा कुर्सी हानाहानको अवस्था पनि सिर्जना भएको थियो । अनेरास्ववियु क्रान्तिकारीमा विवाद बढेपछि पार्टीले हस्तक्षेपको तयारी गरेको छ ।

अब महाधिवेशन हलले उमेर हदको विवाद टुंगाउन नसकेपछि पार्टीले बुधबार नै निर्णय लिन लागेको बताइएको छ ।

क्रान्तिकारीको महाधिवेशनबारे निर्णय लिन अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले खुमलटारमा पदाधिकारीसँग छलफल गरिरहेका छन् । पार्टीले उमेर हदको विषयमा निर्णय लिएर नेतृत्व चयन प्रक्रिया थाल्न सक्ने बताइएको छ ।

अहिले क्रान्तिकारीको अध्यक्षका लागि इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की, मदन भुल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीण अधिकारी, सूर्यनारायण साह, दीपेश पुनसहितका दर्जनौँ नेता दौडमा छन्।

महाधिवेशनमा २ हजार ३२३ प्रतिनिधि सहभागी छन् । अखिल क्रान्तिकारीले प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने बताएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  २ : ४२ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र