माडीका गाईमा ‘क्यू फिवर’ देखियो  « Khabarhub

माडीका गाईमा ‘क्यू फिवर’ देखियो 


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

चितवन– माडी नगरपालिकामा पालिएको गाईमा ‘क्यू फिवर’ पुष्टि भएको छ । मानिसबाट पशुमा र पशुबाट मानिसमा सर्ने यो रोग माडी–४ मा पुष्टि भएको हो ।

नगरपालिकाका पशु शाखा प्रमुख डा. रविन बस्ताकोटीका अनुसार केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा गाईमा क्यू फिवर पुष्टि भएको हो । 

कक्जियाला वोर्नेटाई नामक व्याक्टेरियाका कारण यो रोग लाग्ने उनले बताए। चार महिनाको गाई गर्भावस्थामा बिरामी परेर उपचारका क्रममा तुहिएपछि रोग पहिचानको काम गरिएको थियो । 

उनले भने, ‘परीक्षणका लागि सालको टुक्रालाई प्रयोगशालामा पठाइएको थियो ।’ पिसिआर विधिबाट परीक्षण गरी रोग पहिचान गरिएको उनले बताए।

जिल्लामा पहिलो पटक यो रोग देखिएको बस्ताकोटीले जानकारी दिए। 

उनले भने, ‘जिल्लामा पहिलो पटक यो रोग देखिएको हो, यो रोग देखिए तीन हप्तादेखि तीन महिनासम्म औषधि चलाउनुपर्ने हुन्छ ।’ 

यो रोग लागेका पशु चौपायामा ज्वरो आउने, खाना नखाने लक्षण देखापर्छ । सन् १९३५ मा यो रोग अष्ट्रेलियामा पुष्टि भएको थियो । यो रोग लागेका पशुलाई टोकेका किर्नाले मान्छेमा टोकेमा, काँचो दूधको सेवन वा काँचो मासुको प्रयोग गर्नाले मानिसमा पनि सर्ने गर्दछ । यो रोग लागेका मानिसमा ज्वरो अउने, छाती दुख्ने, निमोनिया हुने र हेपाटाइटिससम्म हुने बस्ताकोटीले जानकारी दिए ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  २ : ४९ बजे

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका

कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना

झापा- सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई

भोटेकोशी बाढीको २० दिनपछि बालेनले भेटे स्थानीय तहका जनप्रतिनिधि

ठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गत भदौ १०

‘कान्स’मा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन द फग’ले पनि तान्न सकेन घरेलु दर्शक

काठमाडौं – कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन