गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो « Khabarhub

गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ः१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए ।

परम्पराअनुसार बिहान सबेरै गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको गर्भगृह (पूजाकोठा) मा पदस्थापना गराइ पानी घडा थापेर जमरा राखिएको उनले बताए ।

 ‘गोरखा दरबारको जमरा घरमा एक पाथी, कालिका मन्दिरमा र गोरखनाथ मन्दिरमा चार-चार मानाको दरले जौ को जमरा राखिएको छ’, उनले भने ‘उपल्लो कोट, तल्लो कोटहरूमा पनि एक-एक मानाका दरले जमरा राख्ने गरिन्छ, गोरखा दरबारका सबै ठाउँमा कुल तीन पाथीको जमरा राखिएको छ ।’

यहाँ जमरा राखेपछि मात्र देशभरका हिन्दु धर्मावलम्बीले घरघरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ । प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित कालो बोकाको बलि दिने प्रचलन छ ।

बडादसैँमा टीकासँगै जमरा लगाउँदा शुभ हुने धार्मिक विश्वास पाइन्छ । घटस्थापनाको दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउने गरिन्छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  १२ : १२ बजे

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन (तस्बिर)

काठमाडौँ– सरकारले काठमाडौँ उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण गरी

आईपीएल क्रिकेट : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)

भूमिहीन ३० दिनभित्र सम्पर्कमा आउनु : वीरगञ्ज महानगरपालिका

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले मुल सडक विस्तारको क्रममा पूर्णरुपमा भूमिहीन हुन