उपरजिस्ट्रार घिमिरेले बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने « Khabarhub

उपरजिस्ट्रार घिमिरेले बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्चमा दर्ता गरेको अवहेलना मुद्दा फिर्ता लिने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल बार जनताको आवाज र लोकतन्त्रको हिमायती रहेको उल्लेख गर्दै त्यसको नेतृत्वविरुद्ध आफूले हालेको अवहेलना मुद्दा फिर्ता लिने बताएका हुन् ।

उनले लेखेका छन्, ‘बार जनताको आवाज हो, लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्वविरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु ।’

उनले आफू कसैको प्यादा बन्न नचाहेको भन्दै अदालत खुला हुँदा आफ्ना भनाईसहित औपचारिक निवेदन दिने उल्लेख गरेका छन् ।

अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दाको पेसी कात्तिक १ का लागि तोकिइसकेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  १२ : ४० बजे

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग