झ्याप्ले खोलाको पहिरोमा ज्यान गुमाएका ३५ यात्रुको सनाखत « Khabarhub

झ्याप्ले खोलाको पहिरोमा ज्यान गुमाएका ३५ यात्रुको सनाखत


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले तीनवटा बस पुर्दा ज्यान गुमाएका ३५ जना यात्रुको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम् इन्सपेक्टर प्रल्हाद सिलवालका अनुसार बिहीबारसम्म निकालिएका ३५ यात्रुको सनाखत भएको हो ।

निकालिएका सबै शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको उनले बताए । धादिङ प्रहरीले यसअघि नै आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्रसहित सम्पर्क गरिदिन भनेको थियो ।

झ्याप्ले खोलामा गएको पहिरोमा बुटवलबाट आएको विंगर, गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भइसकेको छ । दुई दिन खोज स्थगित गरेपछि गत शुक्रबार हराएकामध्ये केही यात्रु नभेटिएपछि प्रहरीले फेरि खोजी थालेको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा तीनवटा बसका ३५ यात्रुको शव निकालिएको हो ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  १ : ३५ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम