लिजेन्ड एल क्लासिको कतारमा हुँदै | Khabarhub Khabarhub

लिजेन्ड एल क्लासिको कतारमा हुँदै


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं स्पेनिस क्लब रियल म्याड्रिड र बार्सिलोनाको प्रतिद्वन्द्विता विश्व फुटबलमै परिचित रहेको छ । 

दुवै क्लबबीच प्रतिष्पर्धाका कारण क्लब मात्र होइन विश्वभरका दुवै क्लबका फ्यानहरू पनि विभाजित रहेका छन् । यसैबीच दुवै क्लबका पूर्व खेलाडीहरू एक अर्काविरुद्ध भिड्ने भएका छन् ।

‘लिजेन्ड एल क्लासि’ को नाम दिइएको यो भिडन्त आगामी नोभेम्बर २८ मा कतारमा हुने भएको हो । कतारको दोहास्थित खालिफा इन्टरनेशनल स्टेडियममा हुने यस खेलको टिकट बिक्रि अक्टोबर १० देखि शुरु हुने बताइएको छ ।

रियल र बार्सिलोनाका लिजेन्ड खेलाडी एक आपसमा पहिलो पटक खेल्न लागेका भने होइनन् । यस अघि दुई पटक लिजेन्ड एल क्लासिको भैसकेको छ । पहिलो पटक २०१७ मा भएको खेल बार्सिलोना लिजेन्डले ३-२ ले जितेको थियो भने त्यसपछि २०२१ मा भएको खेलमा रियल म्याड्रिड ३-२ ले नै विजयी भएको थियो ।

अब कतारमा हुने यो खेल तेस्रो लिजेन्ड एल क्लासिको हुने भएको छ ।

आयोजकले यो खेल दुवै क्लबको इतिहास, खेलप्रतिको लगाव र प्रतिद्वन्दितालाई सेलिब्रेट गर्ने अवसर भएको बताएका छन् । लिजेन्ड एल क्लासिकोमा सहभागी हुने खेलाडी बारे भने अझै निश्चित नभएको र सहभागी हुने खेलाडीको सूची छिट्टै सार्वजनिक गरिने आयोजकले बताएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  २ : १७ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते