पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमण बढ्यो « Khabarhub

पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमण बढ्यो


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमितको सङ्ख्या बढेको छ । यसले पोलियो रोग उन्मूलन गर्ने विश्वव्यापी प्रयासमा चुनौती खडा भएको छ । 

सेप्टेम्बर ३० मा विश्व स्वास्थ्य सङ्गठनले अफगानिस्तान र पाकिस्तानमा पोलियो सङ्क्रमितका बिरामीहरू बढ्दै गएको भन्दै नियन्त्रणका थप उपाय अवलम्बन गर्न चेतावनी दिएको थियो ।

खामा प्रेसका अनुसार कान्दाहार प्रान्तमा दुई र अफगानिस्तानको हेलमन्ड प्रान्तमा एक जनामा सङ्क्रमणको रिपोर्ट गरिएको छ ।

अफगानिस्तानमा तालिबान शासनद्वारा खोप प्रतिबन्धपछि पोलियो सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको रिपोर्टमा उल्लेख गरिएको छ ।  

डब्ल्यूएचओले पाकिस्तानमा तीनवटा नयाँ पोलियो सङ्क्रमित भेटिएको पुष्टि गरेको छ भने देशभर यसको सङ्ख्या २६ पुगेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्नायु प्रणालीमा आक्रमण गर्ने अत्यधिक सङ्क्रामक पोलियो भाइरसका कारण पोलियो रोगको लाग्छ । यो व्यक्ति–व्यक्तिको सम्पर्क वा दूषित खाना वा पानी उपभोगबाट फैलिन्छ । यो भाइरस मल–मुत्र वा संक्रमित व्यक्तिको घाँटीबाट निस्कने थोपाबाट सर्छ ।

पोलियो सङ्क्रमितमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, थकान महसुस हुने र हातखुट्टा दुख्नेजस्ता लक्षण देखिन्छन् । पोलियो खोप लगाएर पोलियोबाट बच्न सकिन्छ भने यसले बच्चालाई जीवनभर जोगाउन सक्छ । 

खामा प्रेसले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस वर्षको सुरुदेखि नै अफगानिस्तानमा २० भन्दा बढी र पाकिस्तानमा २४ वटा पोलियोका घटनाहरू रेकर्ड भइसकेका छन् । 

यसअघि, डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा अहमद अल–मन्धारीले ‘अफगानिस्तान र पाकिस्तानले मिलेर काम गर्नुपर्ने उल्लेख गरेका थिए। यद्यपि, प्रयासहरू कम भई सीमाको वरिपरि तनावले अफगानिस्तान र पाकिस्तान दुवैमा रोगविरूद्धको चिकित्सकीय हस्तक्षेप र प्रयासहरूलाई ओझेलमा पारेको छ ।’

युनिसेफ र डब्ल्यूएचओजस्ता विभिन्न संस्थाहरूको नेतृत्वमा विश्वव्यापी पोलियो उन्मूलन प्रयासले पोलियो सङ्क्रमणका घटनामा उल्लेखनीय सुधार भने आएको छ । यद्यपि, पाकिस्तान र अफगानिस्तानमा अहिले पनि एउटै क्षेत्र वा समुदायभित्र पोलियोको सङ्क्रमण दोहोरिने र सङ्क्रमितका घटनामा वृद्धि हुने क्रम जारी रहेको पाइन्छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ३ : २७ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी