महिला टी-२० विश्वकपमा बङ्गलादेशको विजयी सुरुवात « Khabarhub

महिला टी-२० विश्वकपमा बङ्गलादेशको विजयी सुरुवात


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं आजदेखि युएईमा शुरु भएको आईसीसी महिला टी-२० विश्वकपको उद्‌घाटन खेलमा बङ्गलादेशले विजयी सुरुवात गरेको छ ।

पहिलो खेलमा बङ्गलादेशले स्कटल्याण्डलाई १६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । बङ्गलादेशले दिएको १२० रनको लक्ष्य पछाएको स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रन मात्र बनाउन सकेको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै ११९ रन बनाएको थियो ।

जितपछि बङ्गलादेशले विश्वकपमा सकारात्मक सुरुवात गरेको छ । आईसीसी विश्वकपमा १० वर्षपछि बङ्गलादेशको महिला टिमले कुनै जित हासिल गरेको छ । बङ्गलादेशले २०१४ पछि विश्वकपमा जित हासिल गरेको हो ।

अब बङ्गलादेशले आगामी शनिबार ईङल्याण्डको सामना गर्ने छ भने स्कटल्याण्डले आइतबार वेस्ट इन्डिजको सामना गर्ने छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ७ : ३१ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र