हङकङमा सरकार विरोधी नारा लेखिएको टिसर्ट लगाउने युवालाई ७ वर्षको जेल सजाय « Khabarhub

हङकङमा सरकार विरोधी नारा लेखिएको टिसर्ट लगाउने युवालाई ७ वर्षको जेल सजाय


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकार विरोधी नारा लेखिएको टिसर्ट लगाएको अभियोगमा हङकङमा एक जना २७ वर्षीय युवालाई ७ वर्षको जेल सजाय सुनाइएको छ । हङकङको एउटा अदालतले २७ वर्षीय चु काइ पोङलाई ७ वर्षको सजाय सुनाएको हो ।

हङकङमा सन् २०२० मा लागू गरिएको विवादास्पद राष्ट्रियसुरक्षा कानुनअनुसार उनलाई यस्तो सजाय सुनाइएको हो ।राष्ट्रिय सुरक्षा कानुनले हङकङको कानुनी स्वायत्तताको उल्लङ्घन गरेको भन्दै आलोचना हुँदै आएको छ ।

उनले विदेशी शक्तिसँग साँठगाँठ गरेको खुल्न आए उनको जेल सजाय १० वर्ष पुग्न सक्ने भ्वाइस अफ अमेरिकाले जनाएको छ। चुलाई गत जुन महिनामा पक्राउ गरिएको थियो ।

त्यस बेला उनले ‘स्वतन्त्र हङकङ, हाम्रो समयको क्रान्ति’ लेखेको टिसर्टलगाएका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ४ : ४६ बजे

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो