प्रभासले फेरि तोडे आफ्नै फिल्मको रेकर्ड ! « Khabarhub

प्रभासले फेरि तोडे आफ्नै फिल्मको रेकर्ड !


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म ‘साहो’ ले कैयन् रेकर्ड ब्रेक गरिसकेको छ । शुक्रबारदेखि रिलिज हुन लागेको यो फिल्मले यतिबेला अर्को रेकर्ड पनि बनाएको छ ।

खबरका अनुसार ‘साहो’ अहिलेसम्म धेरै हल पाउने फिल्म बनेको छ । यसअघि चलचित्र ‘बाहुबली २’ र रजनीकान्तको साइन्स फिक्सन फिल्म ‘२.०’ ले धेरै हल पाएर रेकर्ड बनाएका थिए । ‘बाहुबली २’ प्रभासको आफ्नै फिल्म थियो ।

भारतीय मिडियाका अनुसार ‘साहो’ भारतमा मात्र १० हजार स्किृनमा रिलिज हुँदैछ । फिल्म पण्डितहरुले यो फिल्मले पहिलो दिन नै ७५ करोड कमाउने अनुमान गरेका छन् ।

यसअघि अक्षयकुमारको फिल्म २.० ले विश्वव्यापी रुपमा १० हजार स्किृन पाएको थियो । यस्तै प्रभासकै ‘बाहुबली २’ ले संसारभर ९ हजारवटा स्किृन पाएको थियो ।

प्रभासको प्रतीक्षित फिल्म ‘साहो’ ४ भाषामा रिलिज हुँदैछ । श्रद्धा कपूरको समेत अभिनय रहेको यो फिल्म नेपालमा पनि रिलिज हुँदैछ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १ : १२ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते