लेबनानका नेपालीको उद्धार तयारी, परराष्ट्रमन्त्री भन्छिन्- नाम संकलन हुँदैछ « Khabarhub

लेबनानका नेपालीको उद्धार तयारी, परराष्ट्रमन्त्री भन्छिन्- नाम संकलन हुँदैछ


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरेल र लेबननको लडाकु समूह हिज्बुल्लाहबीचको युद्धका कारण समस्यामा परेका नेपालीको छिटै उद्धार गरिने बताएकी छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा र कतारको दोहामा आयोजित एसिया कोअपरेशन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिएर शुक्रबार स्वदेश फर्किएकी राणाले त्रिभुवन विमानस्थलमा यस्तो बताएकी हुन् ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा युद्धका कारण लेबननमा रहेका नेपालीको उद्धारका लागि नाम संकलन भइरहेको जानकारी दिइन् ।

उनले समस्यमा परेका नेपाली सम्पर्कमा आउन नसकेका बताइन्। उनीहरूलाई तत्काल सम्पर्कमा ल्याउन पनि परिवारजनलाई आग्रह गरिन् ।

उनले आफ्नो अमेरिका र कतार भ्रमण सफल भएको पनि बताइन्। त्यसक्रममा एसिडी समूहमा आबद्ध एसियाली राष्ट्रहका प्रतिनिधिहरूसँग फलदायी कुराकानी भएको मन्त्री राणाले बताइन् ।

आपसी हित र चासोका विविध विषय साथै आगामी दिनमा थप सम्बन्ध विस्तार र सहकार्यबारे अन्य राष्ट्रसँग छलफल भएको उनले जानकारी दिइन् ।

एसीडीको बैठकमा एशियाली क्षेत्रमा बढ्दो रुपमा देखिएको युद्धको अवस्था ठूलो चिन्ताको विषय बनेको धारणा राखेको सुनाइन् ।

उनले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा महिला प्रतिनिधित्वबारे पनि आवाज उठाएको जानकारी दिइन् ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ६ : ४६ बजे

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको