डिजिटल नेपाल सफल पार्न टेलिकमको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री गुरुङ « Khabarhub

डिजिटल नेपाल सफल पार्न टेलिकमको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री गुरुङ


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पाटन– सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘डिजिटल नेपाल फ्रेमवर्क–२०७६’ सफल पार्न नेपाल टेलिकमको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाल टेलिकमको जावलाखेलस्थित कार्यालयमा नेटवर्क सञ्चालन प्रणालीको आज निरीक्षण गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले दक्षिण एसियामा नेपालमा सूचना प्रविधिको महत्त्वपूर्ण सम्भावना भएको क्षेत्र भएको बताए । नेपाल टेलिकमले सेवाको प्रभावकारिता वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिँदै उनले व्यावसायिकता एवं सेवाको गुणस्तर पनि सुधार्नुपर्ने बताए ।

‘फोन राम्रोसँग टिप्दैन भनेर गुणस्तरमा धेरैले प्रश्न उठाइरहेका छन्, कभरेज कम भयो भन्ने छ, यसमा सुधार हुनुपर्छ, टेलिकमले कभरेज, गुणस्तरमा जोड दिनुपर्छ, सबै काम सफल पार्न टेलिकमको भूमिका हुन्छ’, मन्त्री गुरुङले भने, ‘टेलिकम्युनिकेसनमा निजी क्षेत्र व्यापार गर्न आउने हो । हामीले त कम जनशक्ति भएको ठाउँमा पनि जोड दिनुपर्छ, स्थानीय तहदेखि केन्द्रीय सरकारसम्म सुशासन कायम गर्नका लागि टेलिकमको भूमिका महत्त्वपूर्ण छ ।’

मन्त्री गुरुङले यसै वर्ष केन्द्रका सबै मन्त्रालय र कार्यालयमा ‘इ–गभर्नास्’ सुरु गरिने बताउँदै यो सेवा सुरु भएसँगै जनताको धेरै खर्च कटौती हुने विश्वास व्यक्त गरे । उनले भने, ‘तपाईँहरूले पूर्वाधार पुर्‍याइ दिनुपर्‍यो, हालसम्म पनि स्थानीय तहका १६ वटा वडामा नेपाल टेलिकमको सेवा पुगेको छैन । एउटा स्थानीय तहमा सेवा पुर्‍याउन पनि धेरै मेहनत गर्नुपर्छ ।’

सूचना प्रविधि दशक घोषणा भए पनि बजेटले त्यसलाई नसमेटेको बताउँदै मन्त्री गुरुङले आगामी दिनमा आवश्यकता अनुरूप खर्च व्यवस्थापन गरेर काम गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे। उनले भने, ‘नीतिबिना कार्यक्रम हुँदैन, बजेटबिना कार्यक्रम सम्भव हुँदैन, अब आवश्यकताअनुसार मिलाउँदै जाने हो । कानुन नियम नमिलेको छ भने पनि भन्नुहोला, सबै मिलेर सफल पार्नुपर्छ ।’

दिगो विकास लक्ष्य पूरा गर्ने सन्दर्भमा टेलिकमको ध्यानाकर्षण गराउँदै मन्त्री गुरुङले हातले मात्रै काम गरेर दिगो विकास लक्ष्य पूरा हुन सक्दैन भने । नेटवर्क सञ्चालन प्रणालीको निरीक्षणका क्रममा सञ्चार सचिव राधिका अर्याल, टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित टेलिकमका प्राविधिक कर्मचारीको उपस्थिति रहेको थियो ।

केन्द्रीय तहबाट देशैभरिका नेटवर्कहरू सञ्चालन भए नभएको, समस्या के भएको छ भन्ने हेर्ने र अनुगमन कक्षको निरीक्षणका क्रममा मन्त्री गुरुङसमक्ष टेलिकमका उप प्रबन्धक रवीन्द्र खैँजुले नेटवर्किङ प्रणाली र सञ्चालनबारेमा प्रस्तुतीकरण गरेका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ७ : २२ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा