चाडपर्व लक्षित खाद्य पदार्थको निरीक्षण तथा अनुगमन « Khabarhub

चाडपर्व लक्षित खाद्य पदार्थको निरीक्षण तथा अनुगमन


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित खाद्य पदार्थको अनुगमनलाई निरन्तरता दिने क्रममा दुई वटा फर्मको अनुगमनका क्रममा अखाद्य पदार्थ भेटिएको जनाएको छ ।

 विभागले मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य पदार्थको निरीक्षण तथा अनुगमनका लागि टोली खटाएको थियो । 

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम खाद्य उद्योग एवं व्यवसायको निरीक्षण अनुगमन गर्दा एउटा खाद्य कम्पनी र एउटा डेरी गरी दुईवटा फर्ममा अखाद्य पदार्थ भेटिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले  जानकारी दिए।

 पेप्सीकोलास्थित सूर्यमुखी डेरी पसल र एबी टिपिकल थकालीका खाद्य पदार्थको नमूनाको प्रारम्भिक जाँच गर्दा कैफियतसहित अखाद्य पदार्थ भेटिएको उनले जानकारी दिए। सूर्यमुखी डेरी पसलको प्रशोधित दूधको नमूनाको विस्तृत परीक्षणका लागि नमूना संकलन गरी प्रयोगशालामा पठाइएको जनाइएको छ । 

एबी टिपिकल थकालीमा बेकरी सर्टेनिङ्गको प्रारम्भिक चेकजाँच गर्दा कैफियत देखिएको थियो । विभागले बेकरी सर्टेनिङ्गको प्रयोग नगर्न सो कम्पनीलाई निर्देशन दिएको छ । विभागले त्यस क्षेत्रका पाँच फर्ममा अनुगमन गर्दा तीन वटामा भने कुनै कैफियत नपाइएको जनाइएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १ : ३८ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी