अमेरिकाद्वारा हुथी नियन्त्रित १५ वटा लक्ष्यमा आक्रमण « Khabarhub

अमेरिकाद्वारा हुथी नियन्त्रित १५ वटा लक्ष्यमा आक्रमण


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी सेनाले शुक्रबार यमनको हुथी नियन्त्रित क्षेत्रको १५ वटा लक्ष्यमा आक्रमण गरेको बताएको छ । यमनको चार प्रान्तमा आक्रमण भएको इरान समर्थित अल मसीरा टेलिभिजन नेटवर्कले जनाएको छ । 

हुथीहरूको जहाज आक्रमण गर्ने क्षमतालाई रोक्ने उद्देश्यले संयुक्त राज्य अमेरिका र बेलायतले बारम्बार आक्रमणहरू गरिरहेका छन् , तर लाल सागर र एडनको खाडी पार गर्ने व्यापारिक जहाजमा विद्रोहीको आक्रमण जारी छ । 

मध्यपूर्वमा अमेरिकी सेनाका लागि जिम्मेवार सैन्य कमान्डले सामाजिक सञ्जालमा भनेको छ, ‘अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) सेनाले आज यमनको हुथी नियन्त्रित क्षेत्रको १५ वटा हुथी लक्ष्यमा आक्रमण गरेको छ ।’

‘यी लक्ष्यमा हुथी आक्रामक सैन्य क्षमताहरू रहेका थिए’, सेन्टकमले बतायो, ‘नेभिगेसन स्वतन्त्रताको रक्षा गर्न र अन्तर्राष्ट्रिय जललाई अमेरिका, गठबन्धन र व्यापारिक जहाजका लागि सुरक्षित बनाउनका लागि यो आक्रमण गरिएको हो ।’

हुथी समुहले गाजायुद्धको समयमा प्यालेस्टिनीसँग एकताको संकेत गर्ने उद्देश्यले नोभेम्बरदेखि नै विश्वव्यापी रूपमा महत्त्वपूर्ण जलमार्गमा समुद्री यातायातमा बाधा पुर्याउने लक्ष्यले इजरायलसँग जोडिएका जहाजमा आक्रमण गर्दै आएका छन्। 

हुथी आक्रमणको जवाफमा इजरायलले पनि यमनमा आक्रमण गरेको छ। विद्रोहीहरूले इजरायलको बेन गुरियन विमानस्थलमा आक्रमण गरेको बदलामा गत महिना होदेइडामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो। 

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ४ : ०० बजे

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने